मङ्लबार, भदौ २, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा


  • माउन्टेन खबर
  • सोमवार, भदौ १, २०८३
  • 51
    SHARES

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष जनरल धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ।

सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो।

नेपाल र भारतबीच सन् १९५० देखि कायम रहेको परम्पराअनुसार दुवै देशका सेना प्रमुखलाई एक–अर्को देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने गरिएको छ। सोही परम्पराअनुसार भारतीय स्थल सेनाध्यक्ष सेठलाई उक्त सम्मान प्रदान गरिएको हो।

तीन दिने नेपाल भ्रमणका क्रममा सेनाध्यक्ष सेठ आइतबार अपराह्न काठमाडौँ आइपुग्नुभएको थियो। उहाँको सम्मानमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, नेपाल सरकार तथा नेपाली सेनाका उच्च पदस्थ अधिकारीहरू र नेपालका लागि भारतीय राजदूतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)