सोमवार, भदौ १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय स्थल सेनाध्यक्ष सेठ र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता


  • माउन्टेन खबर
  • सोमवार, भदौ १, २०८३
  • 38
    SHARES

काठमाडौँ – नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलसँग भेटवार्ता गरेका छन्।

 

 

आइतबार काठमाडौं उत्रिएका भारतीय स्थल सेनाध्यक्ष सेठले सोमबार जङ्गी अड्डामा प्रधानसेनापति सिग्देलसँग भेटवार्ता गरेका हुन्।

भेटका क्रममा दुवै पक्षबीच आपसी हितका विषय तथा नेपाल र भारतबीचको पारस्परिक सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

भारतीय स्थल सेनाध्यक्ष सेठको नेपाल भ्रमणका क्रममा दुई देशका सेनाबीचको सहकार्य, आपसी सम्बन्ध र सैन्य सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भइरहेको छ।

नेपाली सेना र भारतीय सेनाबीच लामो समयदेखि उच्चस्तरीय भ्रमण तथा विभिन्न सैन्य सहकार्य हुँदै आएको छ। दुई सेनापतिलाई एकअर्का देशमा मानार्थको दर्ज्यानी चिह्न दिने चलन पनि रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)