काठमाडौं – सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न आदेश दिएको छ ।
न्यायाधिशद्वय नहकुल सुबेदी र बाबुराम ढकालको इजलासले श्रेष्ठलाई रिहा गर्न आदेश दिएको हो । इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
साउन २७ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको बागडोलबाट उहालाई पक्राउ गरेको थियो । श्रेष्ठको पक्राउ गैरकानुनी भएको बताउँदै श्रीमती सरस्वतीले साउन २८ गते सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो ।
यससँगै सर्वोच्चले श्रेष्ठको घर र कार्यालयबाट बरादम गरेका सबै सामान फिर्ता गर्न पनि आदेश दिएको छ।

