शुक्रबार, साउन २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ग्यासको अनावश्यक मौज्दात नराख्न आयल निगमको आग्रह


  • माउन्टेन खबर
  • शुक्रबार, साउन २९, २०८३
  • 51
    SHARES

काठमाडौँ-  नेपाल आयल निगमले होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानलाई आवश्यकताभन्दा बढी एलपी ग्यास सिलिन्डर मौज्दात नराख्न आग्रह गरेको छ ।

निगमले २०८३ साल असार ३१ गतेदेखि बजारमा १४.२ किलोग्रामको भरी सिलिन्डर बिक्रीवितरण भइरहेको जनाएको छ । साविकको तुलनामा करिब २० प्रतिशत बढी ग्यास आयात तथा बिक्रीवितरण भइरहेको भए पनि सर्वसाधारण उपभोक्ताले बजारमा सहज रूपमा ग्यास नपाएको गुनासो आएको निगमले जनाएको छ ।

निगमको द्रुत प्रतिक्रिया डेस्कमा प्राप्त उजुरी तथा सूचनाका आधारमा गरिएको बजार अनुगमनका क्रममा केही होटल, रेष्टुरेन्ट, पार्टी प्यालेसलगायत व्यावसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर मौज्दात राखिएको पाइएको थियो ।

त्यसरी अनावश्यक रूपमा ग्यास सिलिन्डर मौज्दात नराख्न र राखिएको भए तत्काल सम्बन्धित डिपोमार्फत सर्वसाधारण उपभोक्तालाई बिक्रीवितरण गर्न निगमले आग्रह गरेको छ ।

निगमले आफ्नो आग्रहविपरीत कतै ग्यास सिलिन्डर अनावश्यक रूपमा मौज्दात राखेको भेटिएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)