सोमवार, भदौ १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संसदमा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन


  • माउन्टेन खबर
  • सोमवार, भदौ १, २०८३
  • 38
    SHARES

काठमाडाैँ – सभामुख डोलप्रसाद अर्यालले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिनुभएको छ । प्रतिनिधि सभाको बैठक शुरु भए लगत्तै प्रमुख प्रतिपक्षीसहितका दलका सांसदहरुले उठेर विरोध गरेसँगै सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदमा प्रश्नको जवाफ दिन निर्देशन दिनुभएको हो ।

गत १७ जेठमा प्रधानमन्त्री साहले प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिनुभएको थियो । सो क्रममा साहले भारतले नेपालको मात्र नभई नेपालले समेत भारतको भूमि मिचेको दाबी गर्नुभएको थियो । साढे दुई महिनासम्म प्रधानमन्त्री साहले यसबारे स्पष्टिकरण दिनुभएको छैन ।

विपक्षीले विरोध जारी राखेपछि सभाको सोमवारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री साहलाई संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन निर्देशन दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमाोजिम माननीय सदस्यहरुको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु ।’

सभामुखले प्रधानमन्त्री साहलाई निर्देशन दिएलगत्तै विपक्षी दलहरुले टेबल बजाएर समर्थन गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)