बुधबार, भदौ ३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपामा कुनै गुट छैनः सभापति लामिछाने


  • माउन्टेन खबर
  • सोमवार, भदौ १, २०८३
  • 48
    SHARES

काठमाडौं-  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र कुनै गुट वा समूह नरहेको दाबी गर्नुभएको छ ।

सोमवार चःमतिस्थित पार्टी केन्द्रीय कार्यालयमा ‘क्याण्डिडेट क्लव’ घोषणा गर्नेक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले पार्टीको महाधिवेशन सम्पन्न भएसँगै पार्टी समायोजनको सम्पूर्ण काम सकिएको भन्दै गुटबन्दीमा नलाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले रास्वपामा एउटै पार्टी र एउटै नेतृत्व रहेको दाबी गर्दै फरक–फरक गुटको अस्तित्व रहन नसक्ने बताउनुभयो । उहाँले कसैले आफूलाई कुनै गुट वा नेतासँग जोडेर परिचय दिएपनि त्यसलाई मनोरञ्जनबाहेक अन्य रूपमा लिन नसकिने उहाँको जिकिर छ ।

उहाँले भन्नुभयो,‘महाधिवेशनको समाप्ती सँगसँगै पार्टी समायोजनको सम्पूर्ण काम समाप्त भइसकेको छ । हामी एउटा रास्वपा छ, एउटा लिडरसिप छ । अलग अलग छैन । फरक फरक छैन । कसैले म यो गुटको म त्यो गुटको भन्न सक्ला । मेरो नेता यो हो, त्यो हो पनि भन्न सक्ला । त्यसबाहेक मनोरञ्जनबाहेक केही पनि लिन सकिँदैन । यो कुरामा मस्पष्ट गर्न चाहन्छु ।’

सभापति लामिछानेले स्थानीय तह निर्वाचनमा पार्टी संगठन निर्माणमा योगदान दिने उम्मेदवारलाई प्राथमिकता दिइने समेत स्पष्ट पार्नुभयो ।–न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)