मङ्लबार, भदौ २, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा पदमुक्त


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २, २०८३
  • 43
    SHARES

 कैलाली- सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा पदमुक्त हुनुभएको छ ।

 

 

 

लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित भएपछि प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्नुभएको हो ।

देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनपछि व्यक्तिगत कामका लागि  अमेरिका जानुभएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गएका देउवा करिब ११ महिनासम्म नेपाल फर्किनुभएको छैन।

संविधानको धारा १८०(घ) अनुसार सभालाई सूचना नदिई लगातार १० बैठकमा अनुपस्थित भए प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ।

देउवा छैटौँ अधिवेशनका २५ मध्ये ८ बैठकमा मात्र उपस्थित हुनुभएको र त्यसपछि सातौँ र आठौँ अधिवेशनका कुनै पनि बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।

पछिल्ला २७ बैठकमा उहाँको हाजिरी छैन।

सुदूरपश्चिम प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म १२८ बैठक बसेकामा देउवा ६० बैठकमा मात्रै उपस्थित हुनुभएको थियो।

देउवाको पद रिक्त भएको जानकारी आगामी प्रदेशसभा बैठकमा सभामुखले गराउने तयारी छ।

देउवा कैलाली क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसको तर्फबाट विजयी हुनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)