मङ्लबार, भदौ २, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २, २०८३
  • 29
    SHARES

काठमाडौं – नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच आजबाट औपचारिक वार्ता सुरु भएको छ।

महाअभियानले अघि सारेका विभिन्न मागको समाधानका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकार र महाअभियानका प्रतिनिधिबीच वार्ता सुरु भएको हो।

सरकारले महाअभियानसँग वार्ता गर्न सोमबार (भाद्र १ गते) सहसचिव लिलाधर सुवेदीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको थियो। टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन्।

सरकारको आह्वानपछि महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंले पनि विष्णु बोहरा क्षेत्रीको संयोजकत्वमा नौ सदस्यीय वार्ता टोली गठन गरेका थिए।

दुवै पक्षले वार्ता टोली गठन गरेपछि आजबाट महाअभियानले उठाएका माग, त्यसको समाधानका उपाय तथा सरकारबाट चाल्न सकिने कदमबारे औपचारिक संवाद सुरु भएको हो।

वार्ताबाट महाअभियानका मागलाई सम्बोधन गर्ने विषयमा सहमति जुटाउने प्रयास गरिने बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)