बुधबार, भदौ ३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नाडा अटो शो काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३, २०८३
  • 47
    SHARES

काठमाडौँ – नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यावसायिक अटो मोबाइल प्रदर्शनीको अठारौँ संस्करणको नाडा अटो शो २०२६ यही भाद्र ९ देखि १४ गते सम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ र नाडा अटो शो २०२६ को शीर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ।

 

 

नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटो मोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यावसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्नेछ। नाडाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औँ संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने भएको छ। यस प्रदर्शनीले विगतमा झैँ अटो मोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने छ।

नाडा अटो शो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो। यस प्रदर्शनीले अटो मोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटो मोबाइल उद्योगको निरन्तर विकासमा योगदान पुर्‍याउने विश्वास आयोजकको रहेको छ।
लगभग तीन लाख वर्ग फुट क्षेत्रफलमा आयोजना गरिएको यस प्रदर्शनीमा साना ठुला गरी २०० भन्दा बढी स्टलहरू रहने छन् जसमा २३ वटा ब्रान्डका प्यासेन्जर कार भेहिकल (PCV), १७ वटा ब्रान्डका लाइट कमर्शियल भेहिकल (LCV), १३ वटा ब्रान्डका दुई पाङ्ग्रे, १० वटा वित्तीय एवं बिमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटो मोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरू समेत रहेका छन्।

प्रायोजन एवं व्यवस्थापकीय साझेदारहरू:
•    Title Sponsor: HP Lubricants
•    Co-Sponsor & Insurance Partner: Shikhar Insurance Company Ltd.
•    Beverage Partner: CAMPA
•    Charging Partner: GI Charger
•    Hospitality Partner: The Plaza
•    Ticketing Partner: Khalti by IME
•    Hydration Partner: Purna Water
•    Mobility Partner: YANGO
•    Fire Safety Partner: Hitco Pvt. Ltd.
•    Connectivity Partner: WorldLink
•    Surveillance Partner: HIKVISION CCTV Nepal
•    Hospital Partner: Alka Hospital Pvt. Ltd.
•    Food Partner: The Bakery Cafe
•    Event Managed by: Global Exposition & Management Services Pvt. Ltd. (GEMS)

प्रमुख आकर्षणहरू:
•    स्वर्ण उत्सव संस्करण – नाडाको ५०औँ वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्षको नाडा अटो शो स्वर्ण उत्सव संस्करण
•    G1 Humanoid Robot and Go2 Quadruped Robot  – भविष्यमा यातायात साधनमा आउने प्रविधि विकासको अनुभव
•    Made in Nepal / Made for Nepal Pavilion – स्वदेशमै उत्पादित सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य कम्पोनेन्टस्रूको प्रवर्द्धन
•    प्रोडक्ट लन्च – विभिन्न ब्रान्डका नयाँ नयाँ मोडलहरूको लन्चिङ्ग
•    सिम्पोसियम्स – स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास, कनेक्टिभिटीमा केन्द्रित

सुविधा तथा सुरक्षा व्यवस्था:
•    सुविधाजनक जोन विभाजन : २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन
•    टिकट अग्रिम बुकिङ : खल्ती एप मार्फत अग्रिम खरिदको व्यवस्था । निश्चित अवधिका लागि ५० प्रतिशत क्यास ब्याक
•    मिडिया डेस्क : सञ्चारकर्मीहरूको समन्वयका लागि
•    ट्राफिक सूचना डेस्क : महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा
•     क्याफेटेरिया : सफा एवं स्वस्थ खाद्य पदार्थ
•    पार्किङ व्यवस्थामा पहल : नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अन्डर ग्राउण्ड पार्किङ· तथा सिंहदरबार स्थीत नेशनल ट्रेडिङ्ग परिसरमा समेत पार्किङ·को व्यवस्था
•    आपतकालिन स्वास्थ्य टोली, सिसिटिभी सुरक्षा निगरानी तथा आगो नियन्त्रण व्यवस्था
•    व्हीलचेयर मैत्री

आयोजक नाडाले सम्पूर्ण अटोमोबाइलप्रेमी, उद्योग व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई एच.पि. लुब्रिकेन्ट्स् प्रेजेन्ट्स् नाडा अटो शो २०२६ मा उपस्थित भई नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई आकार दिइरहेका नवीनतम प्रवृत्तिहरूको अनुभव गर्न आमन्त्रण गर्दछ। ६ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२६ मा लगभग २,००,००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वास नाडाको रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)