बुधबार, भदौ ३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३, २०८३
  • 40
    SHARES

काठमाडौँ- भारतका स्थल सेनाध्यक्ष धिरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण रहेको बताउनुभएको छ । पोखरास्थित भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयमा आज आयोजित भूतपूर्व सैनिकको भेलामा दुई देशबिचको सैनिक सम्बन्ध अतुलनीय रहेको चर्चा गर्दै उहाँले गोर्खाली सैनिकको साहस र योगदानको खुलेर प्रशंसा गर्नुभयो ।

“आफ्नो बहादुरी, बफादारी र बलिदानका कारण गोर्खाली सैनिकको विश्वमा छुट्टै पहिचान छ”, भारतीय सेनामा गोर्खाली सैनिकले देखाएको सौर्य अविस्मरणीय रहेको बताउँदै सेनाध्यक्ष सेठले भन्नुभयो । सेनाध्यक्ष सेठले भारत–नेपाल सम्बन्ध परम्परा, संस्कृति, धर्म र आस्थासँग जोडिएकाले सरकारी स्तरका साथै दुई देशका नागरिकबिचको सम्बन्ध पनि प्रगाढ रहेको बताउनुभयो ।

सेनाध्यक्ष सेठले भूतपूर्व सैनिक तथा उनीहरूका परिवारका लागि बाँकेको कोहलपुरमा स्थापना गरिएको पोल क्लिनिकको ‘भर्चुअल’ माध्यमबाट शुभारम्भ पनि गर्नुभयो । त्यस अवसरमा वीरगति प्राप्त गरेका पूर्वसैनिकका परिवारका सदस्यलाई सम्मान गर्नाका साथै घाइते भूतपूर्व सैनिकलाई अपाङ्गतामैत्री स्कुटर पनि प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)