शुक्रबार, भदौ ५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण


  • माउन्टेन खबर
  • बुधबार, भदौ ३, २०८३
  • 36
    SHARES

कर्णाली-  कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले आज सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई र जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुख जोशीले तीनैजना मन्त्रीहरूलाई नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराउनुभएको थियो ।

 

तीनै मन्त्रीलाई सत्ता साझेदार दल नेकपा एमालेले सरकारमा पठाएको हो । भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री मङ्गलबहादुर शाही आफैँले सम्हाल्नुभएको कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतले जनाएको छ

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)