सोमवार, भदौ २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिशूली–३ बीको सुरुङमा हराइरहेकाको खोजी गर्न माग गर्दै माइतीघरमा धर्ना


  • माउन्टेन खबर
  • सोमवार, भदौ २२, २०८३
  • 34
    SHARES

काठमाडौं-   रसुवा बाढीका क्रममा त्रिशूली–३ बी जलविद्युत् आयोजनाको सुरुङमा हराइरहेका आफन्तहरूको खोजी तथा उद्धार गर्न माग गर्दै पीडित परिवारका सदस्यहरूले सोमबार काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्।

बाढी आएको १३ दिन बितिसक्दा पनि सुरुङमा फसेका आफन्तहरूको खोजी तथा उद्धारमा सरकारले पर्याप्त ध्यान नदिएको भन्दै उनीहरूले तत्काल प्रभावकारी खोजी तथा उद्धार अभियान सञ्चालन गर्न माग गरेका छन्।

धर्नामा सहभागी आफन्तहरूले आफ्ना परिवारका सदस्यहरूको अवस्था अझै अज्ञात रहँदा आफूहरू पीडामा रहेको बताएका छन्। उनीहरूले सरकारलाई गम्भीर भएर उद्धार कार्य अघि बढाउन दबाब दिँदै ‘कति दिन घरमा बसेर कुर्ने ?’ र ‘कति दिन घरमा बसेर रुने ?’ जस्ता नारासहित ध्यानाकर्षण गराएका हुन्।

आफन्तजनले बेपत्ताको खोजी कार्यलाई तीव्रता दिई सुरुङभित्र रहेका व्यक्तिहरूको यथार्थ अवस्था सार्वजनिक गर्नसमेत सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)