सोमवार, भदौ २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्री रुबियोको टेलिफोन वार्ता


  • माउन्टेन खबर
  • सोमवार, भदौ २२, २०८३
  • 33
    SHARES

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग अमेरिकी विदेशमन्त्री मार्को रुबियोले टेलिफोन संवाद गरेका छन्।

टेलिफोन कुराकानीका क्रममा विदेशमन्त्री रुबियोले भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा नेपाल र नेपाली जनताप्रति अमेरिकाको ऐक्यबद्धता रहेको बताएका छन्।

लामिछानेले नेपाल सरकारले जारी खोज, उद्धार तथा राहत कार्यका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी गराएका छन्। उनले नेपाली नागरिकसँगै नेपालमा रहेका सबै विदेशी नागरिकको सुरक्षा र संरक्षणप्रति पनि सरकार उत्तिकै प्रतिबद्ध रहेको रुबियोलाई बताएका छन्।

कुराकानीका क्रममा लामिछानेले विपद्को समयमा अमेरिकी सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन्। जवाफमा विदेशमन्त्री रुबियोले नेपाल सरकारलाई आवश्यक परे थप सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)