शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बाढीपीडित उद्योगी–व्यवसायीलाई पाँच वर्ष करछुट दिन महासंघको माग


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ २६, २०८३
  • 32
    SHARES

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरुलाई पाँच वर्षसम्म कर तथा गैरकर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारँग माग गर्नुभएको छ ।

 

 

 

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बाढीबाट पूर्ण तथा आंशिक रुपमा क्षति भएका भएका उद्योग तथा व्यवसायलाई पुनरुत्थान गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने बताउनुभयो । उहाँले बाढीका कारण क्षति भएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानी साधनको आयातमा भन्सार महसुल, अन्तःशुल्क, सडक निर्माण दस्तुर, स्वच्छ पूर्वाधार तथा लगानी शुल्कलगायत सबै प्रकारका कर छुट दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बाढीमा नष्ट भएका प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण पुनःआयात गर्दा भन्सार बिन्दुमा लाग्ने सबै प्रकारका कर तथा महसुल छुट दिन माग समेत गर्नुभयोृ । अध्यक्ष श्रेष्ठले बाढीपीडित व्यवसायीलाई सहुलियतपूर्ण कर्जामा समेटी ब्याज अनुदान, बिमा प्रिमियम छुट तथा अन्य अनुदान उपलब्ध गराउनुपर्नेमा पनि जोड दिनुभयो । उहाँले जीवनभर राज्यलाई कर तिरेका व्यवसायी विपद्का कारण सडकमा पुग्दा उनीहरूलाई पुनः व्यवसायमा फर्काउने जिम्मेवारी राज्यले लिनुपर्ने समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीज्यूले अहिले बाढीपीडितलाई व्यवसाय तथा उद्योगको पुनःस्थापनाको लागि केही कामहरू गर्नुभएको छ । तर भन्सारमार्फत केही गर्नुपर्ने आवश्यकता छ । व्यावसायिक प्रयोजनमा प्रयोग हुने सवारी साधन र ढुवानी साधन आयातमा भन्सार महसुलमा छूट दिने, भन्सार विन्दुमा सङ्कलन हुने भन्सार महसुल, अन्तःशुल्क, सडक निर्माण दस्तुर, स्वच्छ पूर्वाधार, लगानी शुल्क लगायत सबै प्रकारका कर छूट दिनुपर्ने हाम्रो माग छ । नष्ट भएको प्लान्ट, मेशिनरी, यन्त्र, उपकरणको पैठारीमा समेत भन्सार विन्दुमा लिइने सबै प्रकारका कर महसुलमा छूट दिने र मर्मतको लागि मुलुक बाहिर लगी मर्मत पश्चात् आयात गर्दा लाग्ने महसुल पनि छूट हुने व्यवस्था गरिनुपर्यो । अहिले आयात भएका वस्तु बाढीको कारण गन्तव्यमा नपुग्दै नष्ट भएकोमा भन्सार कार्यालयमा बुझाइएको राजस्व रकम समायोजन गर्नेको लागि उत्तै वस्तु आयात गर्न समयसीमा न्यूनतम एक वर्षको हुनुपर्ने, क्षति भएको वस्तु आयात नगरे पनि तिरेको राजस्व फिर्ता हुनुपर्ने मागहरु पनि छन् । बाढीको कारण पूर्ण र आंशिक क्षति भएको व्यावसायिक सम्पत्ति मौज्दात सामानको समेत मिनाहा र लागत कट्टा सम्बन्धी प्रक्रियाहरू सरलीकरण गरी स्टक डिलिट गर्न दिनुपर्ने, बाढीको कारणले प्रत्यक्ष प्रभावित व्यक्ति वा व्यवसायीहरूलाई करजन्य छूट र सुविधा मात्र नभएर सङ्घीय सरकारले लिने गैरकर तथा सेवा शुल्क पनि न्यूनतम पाँच वर्षको लागि छूट दिइनुपर्ने, प्रदेश सरकार तथा स्थानीय तह अन्तर्गतका कर, शुल्क तथा महसुलका प्याकेजमा सवारी र ढुवानी साधनमा प्रदेश सरकारले लगाउने यातायात कर सबै छूट मिनाहा गर्नुपर्ने माग राख्न चाहान्छु ।’

उहाँले राज्यलाई जीवनभर चलायमान बनाउन योगदान दिएका व्यवसायीहरु अहिले असुरक्षित भएको महसुस गरिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)