शुक्रबार, अशोज ९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज ९, २०८३
  • 31
    SHARES

ललितपुर –  रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत आयोजनाको सुरुङमा १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कविर महर्जन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

 

 

स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शुक्रवार अस्पतालबाट बिदा गरिएका महर्जनलाई ललितपुरस्थित उहाँको निवासमा भव्य स्वागत गरिएको छ । गत भदौ १० गते आएको भीषण बाढीका कारण जलविद्युत आयोजनाको सुरुङभित्र फसेका महर्जनको उद्धार कार्य विश्वभर चर्चाको विषय बनेको थियो । १० दिनसम्म अँध्यारो सुरुङमा अन्धकार र अनिश्चयबीच संघर्ष गरिरहेका महर्जनलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अदम्य शाहसका साथ जीवितै बाहिर निकालेको थियो ।

उद्धारपश्चात उपचारका लागि अस्पताल भर्ना गरिएका महर्जनको स्वास्थ्य अवस्थालाई चिकित्सकहरूले नजिकबाट निगरानी गरेका थिए । लामो समयको मानसिक तथा शारीरिक तनावपछि महर्जनको स्वास्थ्यमा क्रमशः सुधार आएको अस्पताल स्रोतले जनाएको छ । शुक्रवार अस्पतालबाट डिस्चार्ज हुने क्रममा उनी पूर्णरूपमा होसमा र स्वस्थ देखिएका थिए ।

काठमाडौंबाट ललितपुरस्थित आफ्नो निवासतर्फ फर्कने क्रममा विभिन्न स्थानमा स्थानीयले उनलाई फूलमालाले स्वागत गर्दै स्वास्थ्य लाभको कामना गरेका थिए । महर्जनले आफूलाई नयाँ जीवन प्रदान गर्ने उद्धारकर्ताहरू र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरूप्रति आभार व्यक्त गरेका छन् । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)