आइतवार, अशोज ४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न


  • माउन्टेन खबर
  • शनिबार, अशोज ३, २०८३
  • 47
    SHARES
काठमाडौँ– नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन प्रक्रिया उत्साहप्रद रूपमा प्रारम्भ भएको जनाएको छ ।
निर्वाचन कार्यक्रमअन्तर्गत ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, धनकुटा, सोलुखुम्बु, उदयपुर, झापा, मोरङ, महोत्तरी, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, कास्की, मनाङ, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, रुकुमपश्चिम, डोल्पा, जुम्ला, मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, दार्चुला, बैतडी, कञ्चनपुर र कैलाली जिल्ला गरी ४३ जिल्लाका तीन हजार ३९६ वडामा अधिवेशनपश्चात निर्वाचन सम्पन्न भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ ।
आज सुरु भएको वडा अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनुभएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।
यसैगरी, केन्द्रीय निर्वाचन समितिबाट प्रकाशित कार्यतालिका अनुसार रसुवा, नुवाकोट र धादिङ जिल्लाबाहेक अन्य ३१ जिल्लाको वडा अधिवेशन भोलि असोज ४ गते पनि निरन्तर जारी रहने उहाँले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)