बुधबार, अशोज २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २०, २०८३
  • 27
    SHARES

काठमाडौँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी नाका सञ्चालनमा ल्याउन चीनसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ ।
सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री लम्सालले उक्त जानकारी दिनुभएको हो । विपद्का कारण नाका सञ्चालनमा समस्या आएपनि सरकारले तत्काल सडक तथा पूर्वाधार पुनःस्थापनाका लागि काम गरिरहेको बताउनु भयो । उहाँले तातोपानी नाका सञ्चालनका लागि नेपाली पक्ष तयार रहेको भएपनि चिनियाँ पक्षबाट अझै अनुमति प्राप्त नभएको जानकारी दिनुभयो ।

 

 

उहाँले भन्नुभयो, ‘रसुवागढी नाका कसरी खुलाउने भन्ने विषयमा पनि हामी लागिरहेका छौँ। अहिले तातोपानी नाकामा नेपाली पक्षलाई कुनै समस्या छैन । तातोपनी नाका संचालनको लागी  नेपाली पक्षले तत्कालै त्यो बाटो सञ्चालनमा ल्याइसकेको छ । अहिले पनि हामी तयार छौँ । हाम्रो लागि त्यो नाका सञ्चालन गर्न कुनै कठिनाइ छैन । चीन पक्षसँग पनि हामी नियमित संवादमा छौँ । दैनिकजसो नै संवाद भइरहेको छ । तर उहाँहरू अझै तयार भइसक्नुभएको छैन। हाम्रो संवाद निरन्तर भइरहेको छ । बाढी जाने तथा अन्य विपद्का कारण देखाएर चिनियाँ सरकार यस्ता अवस्थामा केही हदसम्म अनिच्छुक हुने गरेको देखिन्छ । विपद्को अवस्थामा नाका सञ्चालन गर्नका लागि उहाँहरूले अझै ‘ग्रिन सिग्नल’ दिइसक्नुभएको छैन । हामी प्रयास गरिरहेका छौँ । मलाई लाग्छ, चाँडै नै हामी नाका खोल्न सफल हुनेछौँ ।’

मन्त्री लम्सालले रसुवागढी नाका चीनसँगको प्रमुख व्यापारिक नाका भएकाले यसको पुनः सञ्चालन गर्नमा पनि सरकारले योजना बनाईरहेको बताउनु भयो । नुवाकोटको विदुरलाई ट्रेड सिटी, इन्डस्ट्रियल सिटी र स्याटेलाइट सिटीका रूपमा विकास गर्ने सरकारको योजना रहेको उहाँको भनाई छ । त्यसका लागि मास्टर प्लान तयार गर्ने काम अघि बढाउने उहाँले जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)