बिहिबार, अशोज २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पदाधिकारीमा एउटै पदमा धेरै जना प्रतिस्पर्धी हुँदा कयौँ नेताहरू केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छु: गगन थापा


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २०, २०८३
  • 51
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका पदाधिकारीमा एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा महत्त्वपूर्ण नेताहरू पराजित भएर केन्द्रीय कमिटीभन्दा बाहिर बस्नुपर्ने अवस्था आउन सक्ने भन्दै उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभएको छ ।

 

 

मङ्गलवार सभापति पदमा मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो आग्रह गर्नुभएको हो । उहाँले पार्टीमा लामो समय योगदान दिएका नेताहरूलाई समेत विभिन्न कमिटीमा समेटेर लैजाने बताउँदै नेतृत्व व्यवस्थापनमा समस्या आउन नदिन उम्मेदवारीबारे पुनर्विचार गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय तहमा मेयर, उपमेयर वा प्रदेश सांसद बन्न चाहने नेताहरूलाई केन्द्रीय सदस्यमा प्रतिस्पर्धा नगर्न समेत उहाँले सुझाव दिनुभयो । थापाले निर्वाचनमा पराजित भए राजनीतिक सम्भावनामा समेत असर पर्न सक्ने भन्दै उम्मेदवारीका विषयमा गम्भीर भएर निर्णय लिन केन्द्रीय सदस्यका सबै प्रत्याशीलाई आग्रह गर्नुभयो । सभापति थापाले पार्टीको संरचनामा जिल्ला र पालिकालाई समेत अधिकार सम्पन्न बनाइएको उल्लेख गर्दै आगामी दिनमा प्रदेश तथा जिल्लामा बसेर पनि पार्टीमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकिने बताउनुभयो । उहाँले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको सङ्ख्या बढाइएको प्रष्टीकरण दिनुभयो । उहाँले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आगामी दिनमा पार्टी सञ्चालन गर्दा प्रतिस्पर्धा विशेष महाधिवेशनअघिको जस्तो असमान हुन नहुने अवस्थाका लागि पार्टीले यस्तो निर्णय लिएको उहाँको भनाइ छ । उहाँले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई पनि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न पदाधिकारी र केन्द्रीय सदस्यको सङ्ख्या बढाइएको प्रष्टीकरण दिनुभयो । उहाँले विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूले आगामी दिनमा पार्टी सञ्चालन गर्दा प्रतिस्पर्धा विशेष महाधिवेशनअघिको जस्तो असमान हुन नहुने अवस्थाका लागि पार्टीले यस्तो निर्णय लिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘मलाई एकदमै चिन्ता लागिरहेको छ । पार्टी जीवनमा महत्त्वपूर्ण योगदान गर्नुभएका धेरैभन्दा धेरै साथीहरूले पदाधिकारीमा मनोनयन गरिरहनुभएको छ । यसले गर्दा धेरै साथीहरू बाहिर रहनुहुन्छ कि भन्ने चिन्ता लागिरहेको छ । त्यस कारण मैले धेरै जनालाई अनुरोध पनि गरिरहेको छु । सबैलाई मिलाएर लिएर जाने नेतृत्वको जिम्मेवारी हो । हामी सबैलाई मिलाएर लिएर जान चाहन्छु । त्यस कारण सबै जना पदाधिकारी बन्ने कोसिस नगरौँ । मैले साथीहरूको अधिकार खोस्न सक्दिनँ तर अनुरोध गरिरहेको छु । पार्टी एक जनाले चलाएर चल्दैन सबैको योगदान चाहिन्छ भनेर मैले अनुरोध गरिरहेको छु । अर्को कुरा, भोलिको दिनमा कसैलाई स्थानीय तहमा मेयर, उपमेयर, प्रदेश सांसद हुने मन छ भने कृपया केन्द्रीय सदस्यको लागि प्रतिस्पर्धा नगरिदिनुहोला । त्यसले तपाईँको देशभित्रको कुनै पनि सम्भावना रहँदैन । यदि निर्वाचन हुनुभयो र भोलिको दिनमा आफूलाई प्रमाणित गर्न सक्नुभएन भने त्यसले पनि अप्ठ्यारो हुन्छ । हामीले जिल्ला र पालिकालाई पनि अधिकार सम्पन्न बनाएका छौँ, भोलिको दिनमा प्रदेश र जिल्लामा बसेर पनि काम गर्नुपर्ने अवस्था भएको कारण भोलीसम्मको समय छ, सबै साथीहरूलाई आफ्नो मनोनयनको बारेमा विचार गरिदिनुहोला । हिजो विशेष महाधिवेशनमा सहभागी नहुनुभएका साथीहरूको लागि पनि  ग्राउन्ड बराबर छ भन्ने अनुभूति दिलाउनको लागि पदाधिकारी र केन्द्रीय सदस्यको सङ्ख्या थप गरेको हो । विशेष महाधिवेशनमा भाग नलिएका साथीहरूले भोलिको दिनमा तपाईँहरूले कार्यालय चलाउनुभयो, प्रतिस्पर्धा विशेषभन्दा अघिको जस्तो हुन सक्दैन भन्ने अवस्था नरहोस् भन्नको लागि पनि मैले यो पोजिसन लिएको हो । यही समस्याको कारण मैले क्रियाशील अद्यावधिकको कुरा जोडेको हो । पार्टीमा विवाद नरहोस् भन्ने नै मुख्य कुरा हो ।’

उहाँले महाधिवेशनपछि समेत पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी रहने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)