बिहिबार, अशोज २२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईपीयू महासभा: जलवायु विपद्विरुद्ध नेपालको प्रस्ताव दुई–तिहाइ बहुमतले पारित


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २२, २०८३
  • 58
    SHARES

काठमाडौँ – तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३ औँ महासभामा नेपालले पेस गरेको जलवायुजन्य विपद् न्युनिकरण सम्बन्धी आपत्कालीन प्रस्ताव दुई–तिहाइभन्दा बढी मतले पारित भएको छ ।

 

सभामुख डोलप्रसाद (डीपी) अर्यालद्वारा प्रस्तुत उक्त प्रस्तावलाई महासभाले छलफलको मुख्य एजेन्डाका रूपमा स्वीकार गरेको हो । सभामुख अर्यालले ‘हिमालय क्षेत्र र अन्य जोखिमयुक्त क्षेत्रहरूमा जलवायुजन्य विपद् सम्बोधन र उत्थानशीलता अभिवृद्धि’ शीर्षकमा प्रस्ताव पेस गर्दै हिमालयलाई एसियाको ‘वाटर टावर’ र मानवताको साझा सम्पदाका रूपमा चित्रण गर्नुभयो । जलवायु परिवर्तनले हिमाल र हिमनदीमा पारेको गम्भीर प्रभावप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै उहाँले संसदीय जबाफदेहिताको आवश्यकतामा जोड दिनुभयो ।

प्रस्तावमाथि भएको मतदानमा ९०१ मत पक्षमा, ७८ मत विपक्षमा र १४० मत तटस्थ खसेको थियो । आईपीयूको नियमअनुसार दुई–तिहाइ मत आवश्यक पर्ने उक्त प्रस्तावले सहजै बहुमत प्राप्त गरेपछि नेपालको मुद्दाले महासभामा प्राथमिकता पाएको हो ।

प्रस्तावले सीमा पार पूर्व सूचना प्रणाली, प्रविधिमा पहुँच तथा जलवायु प्रतिविद्धताहरू कार्यान्वयन गर्न कार्यपालिकालाई संसदीय तहबाट जबाफदेही बनाउने विषयलाई समेटेको छ । सभामुख अर्यालले कुनै एक देशलाई दोषारोपण गर्नुभन्दा पनि जलवायु न्याय र प्रभावित नागरिकको सुरक्षाका लागि सामूहिक समाधान खोज्नु अहिलेको आवश्यकता रहेको बताउनु भयो ।

नेपालको यो प्रस्ताव अब औपचारिक छलफलको कार्यसूचीमा समावेश भएको छ । महासभाले भोलि बिहानबाट हिमालय संरक्षण, विपद् जोखिम न्यूनीकरण र वित्तीय सहयोगका विषयमा विस्तृत विमर्श गर्नेछ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)