बुधबार, कार्तिक १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चार ओभरमा ब्याटर हतारियौं– विराटनगर कप्तान सन्दीप


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ११, २०८३
  • 53
    SHARES

काठमाडौँ – विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले पहिलो इनिङदेखि दोस्रो इनिङको १६ औं ओभरसम्म आफ्नो पोल्टामा खेल राखेको अवस्थामा हतारिँदा हार बेहोर्नु परेको बताए ।

 

 

चितवन राइनोजसँग ८ रनको साँघुरो हारपछि विराटनगरका कप्तान सन्दीपले छिटै सेलिब्रेसनको मुडमा पुगेपछि हार बेहोर्नु परेको बताएका हुन् । १६औं ओभरपछि खराब सट खेल्नु र लामो समयसम्म क्रिजमा रहेका ब्याटरलाई ननस्ट्राइकमा नै राख्नु नै हारको कारणमध्ये रहेको सन्दीपले उल्लेख गरे । पाएको अवसरलाई सदुपयोग गर्न नसक्नु र हतारिँदा हार हुन सक्छ भन्ने यो नतिजाबाट शिक्षा लिएको उनी बताउँछन् । छिटै विजयी उत्सव मनाउनु नै गल्ती भएको सन्दीपले उल्लेख गरे । कप्तान सन्दीपले जितको संघारमा पुग्न पहिलो इनिङदेखि नै धेरै खेलाडीले मिहेनत गरेको बताए । तथापि अन्तिम पाँच ब्याटरले त्यसलाई सदुपयोग गर्न नसकेको उनको भनाइ छ । आगामी खेलमा यस्तै गल्ती नदोहो¥याउने सन्दीपको विश्वास छ ।

अनुभवी ब्याटरले धैर्य नगुमाएको सन्दीपले दाबी गर्दै नयाँ ब्याटरका लागि पिचमा खेल्न सहज नरहेको सन्दीपले उल्लेख गरेका छन् । तथापि, सट सेलेक्सन भने खराब रहेको उनले स्विकार गरे । चितवन राइनोज पनि बलियो टोली रहेको उल्लेख गर्दै टी ट्वान्टीमा कुनैपनि टोली कमजोर नहुने सन्दीपले उल्लेख गरेका छन् । चितवनका बलरले राम्रा गरेको सँगै आफ्नो मध्यक्रम र तल्लो क्रमले नराम्रो खेलेको सन्दीपको भनाइ छ । कप्तान सन्दीपले अहिले नै कुनै खेलाडीको प्रदर्शनबारे मूल्याङ्कन गर्नु हतार हुने बताएका छन् । आन्द्रे रसेलले राम्रो खेलेको तर म्याच फिनिस गर्न नसक्दा निरास रहेको सन्दीपले उल्लेख गरेका छन् ।

विराटनगरविरुद्ध चार विकेट लिएका चितवनका मध्य क्रमका बलर कमलसिंह ऐरीले विकेटले आफ्नो लागि मद्दत गरेको र त्यहीअनुरूप स्टम्प टु स्टम्प बलिङ गरेको बताए । त्यहीअनुरूप ब्याटरले लाइन क्रस गरेर खेल्दा विकेट आएको कमलसिंहले उल्लेख गरे । रसेलविरुद्ध बलिङ लाइन मिस ग¥यो भने ठूलो सट हान्छ भन्ने लागेको उल्लेख गर्दै कमलले एउटा बल राम्रो गरेमा विकेट आउने विश्वास पनि रहेको कमलले विश्वास व्यक्त गरे । त्यही मानसिकतासहित बलिङ गर्दा छक्का खाए पनि रसेलसँगै एन्जेलो म्याथ्युजलाई आउट गर्न सफल भएको कमलसिंह ऐरीले बताए । हरेक एक खेलमा ध्यान दिएर खेल्ने उनले योजना सुनाए । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)