मङ्लबार, कार्तिक ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीको शानदार सुरुवात, जनकपुर १९ रनले पराजित


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ११, २०८३
  • 34
    SHARES

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो ।

कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भयो । उसका लागि अभिषेक तिवारीले २०, मोइन अली र कप्तान हरमित सिंहले समान १९, जेम्स निसमले १५ तथा मयान यादवले १४ रन बनाए ।

 

कर्णालीका उन्निस ठकुरी र हुसेन तलातले तीन–तीन विकेट लिए । नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो । अरिफुल इस्लामले ४३ तथा पवन सर्राफले ३७ रन बनाए ।

जनकपुरका हरमित सिंहले तीन विकेट लिँदा मोइन अली, राहुल यादव र ललित राजवंशीले दुई–दुई विकेट लिए ।

एनपीएलअन्तर्गत मंगलबार भएको अर्को खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)