शुक्रबार, कार्तिक १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जलवायु तथा भू–विपद्को सामना गर्न क्षेत्रीय सहकार्य गरौं


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १२, २०८३
  • 61
    SHARES

काठमाडौँ-  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदान–प्रदान र क्षेत्रीय सहकार्यमा जोड दिनुभएको छ।

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक र सामाजिक आयोगद्वारा थाइल्याण्डको बैंककमा आयोजित एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनको उद्घाटनसत्रमा बुधबार विहान मन्तव्य दिँदै मन्त्री श्रेष्ठले जलवायु तथा भू–विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोगमा जोड दिनुभएको हो।

 

 

सम्बोधनको क्रममा मन्त्री श्रेष्ठले हालै लङटाङ लिरुङमा हिमपहिरो तथा बुढीगण्डकी क्षेत्रमा पहिरोका कारण भएका ठुला विपद्, जनधनको क्षति र निर्माणाधीन जलविद्युत् आयोजनामा पुगेको असरबारे ध्यानाकर्षण गराउनुभयो। द्रुत क्षति तथा आवश्यकता आँकलनअनुसार विपद्को प्रभाव करिब २.७ अर्ब अमेरिकी डलर बराबर रहेको र पुनःनिर्माणको लागि करिब ४.८ अर्ब डलर आवश्यक पर्ने उहाँले जानकारी दिनुभयो।

मन्त्री श्रेष्ठले बैङ्कक मन्त्रिस्तरीय घोषणापत्रको मस्यौदाको स्वागत गर्दै सन् २०२६ देखि २०३० सम्मको तेस्रो चरणमा उपग्रहबाट प्राप्त तथ्याङ्क साझेदारी, पूर्वसूचना प्रणाली र प्राविधिक सहयोगलाई सुदृढ बनाउन अपिल गर्नुभयो। साथै, हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य (०.०१५) रहे पनि सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने र स्वच्छ ऊर्जा प्रणालीको रक्षा गर्ने नेपालको प्रतिबद्धता दोहो¥याउनुभयो ।

सम्मेलनको अवसरमा विहीबार २९ अक्टोबरमा नेपाल र संयुक्त राष्ट्रसङ्घीय ईएससीएपीको संयुक्त आयोजनामा (सगरमाथादेखि सागरसम्म) भोटेकोशी–त्रिशूली विपद्का पाठहरू’ विषयक क्षेत्रीय संवाद समेत सञ्चालन हुन गइरहेको पनि जानकारी गराउँदै सहभागी हुन अनुरोध गर्नुभयो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)