काठमाडौँ- साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ३१ दशमलव ५४ अंकले बढेर २ हजार ६९५ अंकमा पुगेको छ । यो नेप्सेको पछिल्लो तीन महिनायताकै उच्च बिन्दु हो ।
यसअघि गत साउन १२ गते नेप्से यो स्तरमा पुगेको थियो ।
बिहीबार सेयर कारोबार रकमसमेत बढेको छ ।
अघिल्लो दिन ७ अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ८ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
यो कारोबार रकम गत वैशाख ३ गतेयताकै उच्च हो । उक्त दिन ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज कारोबारमा आएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य बढ्दा ९१ वटाको घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
