शनिबार, कार्तिक १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईजीपी कार्कीमाथि राजीनामाको दबाब छैन: प्रहरी प्रधान कार्यालय


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक १३, २०८३
  • 43
    SHARES

काठमाडौं । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा ‘आईजीपी दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको’ भन्ने आशयका समाचार तथा टिप्पणी प्रकाशित र प्रसारित भएकोप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत गर्दा आम नागरिकमा भ्रम तथा नकारात्मकता सिर्जना हुन सक्ने जनाएको छ।

नेपाल प्रहरीले अपुष्ट, भ्रामक, तथ्यहीन एवं स्वार्थकेन्द्रित सूचनाको पछि नलाग्न सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रयोगकर्ता तथा सरोकारवालालाई आग्रह गरेको छ।

 

विज्ञप्तिमा सत्य, तथ्यपरक तथा विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न र सूचनाको सत्यता सुनिश्चित गर्न आग्रह गरिएको छ।

नेपाल प्रहरीले पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्दै नागरिकप्रति राज्यको चौथो अङ्गको जिम्मेवारी निर्वाह गर्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।

सरकारको नीतिनिर्देशनअनुसार नागरिकप्रतिको जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको जनाउँदै प्रहरीले भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्ने स्पष्ट पारेको छ।

यसैबीच, नेपाल प्रहरीले अर्को विज्ञप्तिमार्फत सार्वजनिक सुरक्षा, शान्ति अमनचयन कायम राख्न, अपराध नियन्त्रण गर्न तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न प्रहरी प्रतिबद्ध रहेको जनाएको छ।

प्रहरीले संगठनको प्रतिष्ठा कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिने भन्ने सोचबाट प्रेरित गतिविधिबारे आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने पनि जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)