आइतवार, कार्तिक २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको फेसबुकमा स्टाटस: देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २१, २०८३
  • 62
    SHARES

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार राति फेसबुकमा स्टाटस लेख्दै देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताएका छन् ।

‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन,’ प्रधानमन्त्री साहले अगाडि लेखेका छन्, ‘हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन्  !’

‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ प्रधानमन्त्री बालेनले अगाडि लेखेका छन् ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाइ जिम्मेवारीबाट मुक्त गरेको विषयमा सरकारले प्रष्ट गर्नुपर्छ भन्ने रास्वपा सभापति रबि लामिछानेको प्रतिकृया सार्वजनिक भएपछि प्रधानमन्त्री शाहको स्टाटस सार्वजनिक भएको हो ।

प्रधानमन्त्रीको कदमका बारेमा रास्वपा पार्टीभित्र असन्तोष बढेको हल्लाकै बिचमा हाम्रा नेता (रास्वपा) लड्छन् मानवताले आस गर्छन् भनेर पार्टी पंक्तिलाइ सम्झाउन खोजेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)