आइतवार, कार्तिक २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक २२, २०८३
  • 36
    SHARES

काठमाडौँ – नेपाली काँग्रेस काठमाडौं महानगर समितिले नेपाल संवत ११४७ को अवसरमा आज सुकुण्दा ¥याली आयोजना गरेको छ ।

¥यालीमा नेपाली काँग्रेसका सभापति गगनकुमार थापा सहभागी हुनुभएको छ । नेपाल संवतको नयाँ वर्षको स्वागत तथा मौलिक कला, संस्कृति र परम्पराको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले ¥याली आयोजना गरिएको हो । ¥यालीमा सहभागीहरूले सुकुण्डा बोकेर नगरका विभिन्न क्षेत्रमा परिक्रमा गरेका थिए । नेपाल संवत नेपाली मौलिक पहिचान, इतिहास र सांस्कृतिक गौरवसँग जोडिएको संवत हो ।

विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउने नेपाल संवत्ले राष्ट्रिय एकता, सांस्कृतिक विविधता र परम्परागत सम्पदाको महत्त्वलाई समेत उजागर गर्दै आएको छ ।

काँग्रेस महानगर समितिले आयोजना गरेको ¥यालीमा पार्टीका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको सहभागिता रहेको थियो । ¥यालीले नेपाल संवत्को ऐतिहासिक महत्वलाई नयाँ पुस्तासम्म पु¥याउन तथा मौलिक संस्कृतिको संरक्षणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)