आइतवार, कार्तिक २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतसहित तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २१, २०८३
  • 42
    SHARES

काठमाडौँ – भारतसहित तीन देशका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

शुक्रबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा भारतका राजदूत सुधाकर दलेला, लाओसका राजदूत भिथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगेलले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

भारतका राजदूत दलेला नेपालका लागि आवासीय राजदूत हुन् भने लाओस र पानामाका राजदूत गैरआवासीय राजदूत हुन्।

नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवारी गराइएको थियो। प्रमाणपत्र पेस गर्ने समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)