बिहिबार, कार्तिक २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सामान्य लक्ष्य रक्षा गर्दै सुदूरपश्चिमको रोमाञ्चक जित


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक २६, २०८३
  • 36
    SHARES

काठमाडौं– उत्कृष्ट बलिङ प्रेरणामा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा चौथो जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ ।

कीर्तिपुरमा मंगलबार भएको खेलमा न्युन लक्ष्य रक्षा गर्दै सुदूरपश्चिमले जनकपुर बोल्ट्समाथि २७ रनको सनसनीपूर्ण जित निकाल्यो । त्रिवि क्रिकेट स्टेडियममा सुदूरपश्चिमले १२१ रनको सामान्य लक्ष्य दियो । तर उत्कृष्ट बलिङ प्रेरणामा उसले एक बल अगावै त्यो लक्ष्य रक्षा ग¥यो । जनकपुर १९.५ ओभरमा ९३ रनमा नै अलआउट हुन पुग्यो । तीव्र गतिका बलर स्कट कुग्गेलिन र हेमन्त धामीको उत्कृष्ट बलिङ प्रेरणामा सुदूरपश्चिमले पहिलो सिजनको च्याम्पियन जनकपुरलाई हरायो ।

समान ६ खेलबाट सुदूरपश्चिमले ८ अंक जोड्दै दोस्रो स्थानमा उक्लियो । समान खेलमा जनकपुरको भने चौथो खेलमा हो । चौथो हारपछि जनकपुर पाँचौं स्थानमा छ ।
सामान्य लक्ष्य पछ्याउन नसक्दा जनकपुरको प्लेअफ यात्रामा पनि दबाब परेको छ । ओपनर तृतराज दासले २१ रन र तल्लो क्रममा जिमी निसामले २० रन बनाए । यो नै सर्वाधिक ठूला व्यक्तिगत स्कोर रह्यो । जनकपुरको सुरुआत राम्रो भएन । छिटै तीन विकेट गुमाउन पुग्यो । हेमन्त र कुग्गेलिनले छिटै विकेट लिँदै सुरुदेखि नै जनकपुरलाई दबाबमा राखे ।

ओपनरद्वय अनिल साह २ र आदित्य महता १० रनमै आउट हुन पुगे । यसपछि आएका ह्यारी टेक्टर १ रनमै पभेलियन फर्किए । आयरल्यान्डका ब्याटर टेक्टरले एनपिएलमा आफ्नो डेब्युमा प्रभाव जमाउन सकेनन् । सुदूरपश्चिमले पावरप्लेमा तीव्र गतिका बलर स्कट कुग्गेलिन र हेमन्त धामीलाई लगातार बलिङ गराउँदै जनकपुरलाई दबाबमा राख्यो । पावरप्लेमै जनकपुरले २८÷३ को नाजुक अवस्थामा पुग्यो । यसपछि सुदूरपश्चिमले लगातार स्पिनर लगायो । कसिलो बलिङ गर्दै सुदूरपश्चिमले दबाबमा बनायो । अन्तत् नवौं ओभरमा जनकपुर सफल पनि भयो ।

कप्तान दीपेन्द्रसिंह ऐरीले रयान बर्ललाई ८ बोल्ड गर्दै ठुलो विकेट लिए । यससँगै १० ओभरको समाप्तीमा जनकपुर ४२÷४ को नाजुक अवस्थामा पुग्यो । सुदूरपश्चिमको कसिलो बलिङसामू जनकपुरका ब्याटरले ठूला सट खेल्न सकेनन् । यससँगै जनकपुरले रनिङ बिटविन विकेट (दौडिर रन बटुल्ने) मा ध्यान दियो । तर ११औं र १२औं ओभरमा नआउटमार्पmत लगातार दुई विकेट गुमाउँदा जनकपुर पूर्ण दबाबमा प¥यो । यस क्रममा लयमा देखिएका तृतराज दास रनआउट हुन पुगे । अर्को ओभरमा विशाल सुस्लिङ २ रनमा रनआउट भए । ११.२ ओभरमा जनकपुर ४७÷७ को नाजुक अवस्थामा पुग्यो । यसपछि कप्तान हरमीत सिंह र जिमी निसामको जोडीसँग जनकपुरका समर्थकले आशा  राखे ।

१४औं ओभरमा स्पिनर थरिन्दु रत्नायकेले हरमीतलाई ४ रनमा कट एन्ड बोल्ड गर्दै ठुलो सफलता दिलाए । सातौं विकेटपछि जनकपुर थप दबाबमा प¥यो । आवश्यक रनरेट पनि बढ्दा अभिशेक तिवारीले ठुलो सट खेल्ने प्रयास गरे । तर कुग्गेलिनको बलमा अभिशेक २ रनमै बाउन्ड्री लाइन नजिक क्याच हुन पुगे । १४.६ ओभरमा जनकपुर ६१÷८ को अवस्थामा पुग्यो । निसाम क्रिजमा रहेकाले जनकपुरका समर्थक आशामा थिए । तर आवश्यक रन ठुलो रहेकाले उनी ठुलो सट खेल्न बाध्य भए । अन्तिम दुई ओभरमा ३९ रन आवश्यक थियो । १९औं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्ने प्रयासमा निसाम बाउन्ड्री लाइनमा क्याच हुन पुगे । यो विकेटसँगै सुदूरपश्चिम जितनजिक पुग्यो । निसामले २५ बलमा एक चौका र छक्का प्रहार गरे ।

सुदूरपश्चिमको बलिङमा कुग्गेलिनले तीन विकेट लिँदा हेमन्त, थरिन्दु, कप्तान दीपेन्द्र र इशानको नाममा समान एक विकेट रह्यो । ६ बलर प्रयोग गरेको सुदूरपश्चिमले किफायती बलिङ पनि ग¥यो ।

टस जितेर पहिले ब्याटिङ गर्ने सुदूरपश्चिमको निर्णय सहज भएन । पूरै ओभर खेल्दै सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२१ रनको सामान्य लक्ष्य दियो । ब्रेन्डन म्याकमुलनले ३३ रनमा आउट हुँदा मध्य क्रमका ब्याटर थरिन्दु रत्नायके २७ रनमा नटआउट रहे । ब्रेन्डनको इनिङ नै सर्वाधिक ठुलो व्यक्तिगत स्कोर रह्यो । उनले २३ बलमा समान दुई चौका र छक्का हिर्काए । रत्नायकेले २८ बलमा एक चौका र दुई छक्का हिर्काए । कुनै पनि ब्याटरले राम्रो इनिङ खेल्दा सुदूरपश्चिम सामान्य योगफलमै रोकियो । पहिलो तीन ओभरमा सुदूरपश्चिमले समालिएर ब्याटिङ ग¥यो । तर चौथो ओभरमै ओपनर विनोद भण्डारी १० रनमा रनआउट हुन पुगे । २ रन लिने प्रयासमा उनलाई ललित राजवंशीले रनआउट गरे । यसपछि जनकपुरले आफ्नो उत्कृष्ट बलिङबाट दबाबमा बनायो । छैटौं ओभरमा सइफ जैब पनि १० रनमै आउट भए ।
५.५ ओभरमा मध्यम गतिका युवा बलर राहुल यादवले सइफ १० रनमा पभेलियन फर्काए । यससँगै पावरप्लेमा सुदूरपश्चिमले दुई विकेटको पतनमा ३५ रन मात्र जोड्न सक्यो । एक छेउबाटमा म्याकमुलेनले इनिङ जोगाउने प्रयास गरे । उनलाई कुनै पनि ब्याटरले साझेदारीका लागि राम्रो साथ दिएनन् । अर्को छेउबाट लगातार विकेट पतन भयो । आठौं ओभरमा ईशान पाण्डे ३ र नवौं ओभरमा कप्तान दीपेन्द्रसिंह १ रनमै पभेलियन फर्किए । जनकपुरका कप्तान हरमीतले ईशानलाई बोल्ड गरे । अर्का स्पिनर आदित्य मेहताले दीपेन्द्रलाई कट एन्ड बोल्ड गर्दै ठुलो झड्का दिए । यससँगै ९.१ ओभरमा सुदूरपश्चिम ५६÷४ को अवस्थामा पुग्यो । ब्रेन्डन पनि ११औं ओभरमा आउट भएपछि उसलाई अर्को क्षति पुग्यो । आयरल्यान्डका स्पिनर ह्यारी टेक्टरले ब्रेन्डनलाई बोल्ड गरे ।

यसपछि आएका ब्याटरले पनि राम्रो इनिङ खेल्न सकेनन् । श्रीलंकन ब्याटर रत्नायके नटआउट रहँदै इनिङलाई सय रनको आँकडा पार गराए । अनुभवी ब्याटर आरिफ शेख ११ रन, कुग्गेलिन ६, अनिल खरेल ४ रनमा आउट हुँदा हेमन्त धामीले खात नै खोल्न सकेनन् ।

जनकपुरले सात बलर प्रयास ग¥यो । स्पिनरले मात्र ६ विकेट दिलाए । कप्तान हरमीतले चार विकेट लिँदा टेक्टर, राहुल यादव, आदित्य महता र अभिशेक तिवारीले समान एक विकेट लिए । बुधबार भने कुनै पनि खेल हुने छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)