बिहिबार, कार्तिक २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक प्रगति भइरहेको ट्रम्पको दाबी


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक २६, २०८३
  • 55
    SHARES

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्य गर्ने दिशामा सकारात्मक प्रगति भइरहेको बताउनुभएको छ ।

ह्वाइट हाउसमा कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीसँगको भेटवार्तापछि सोमबार उहाँले यस्तो बताउनुभएको हो । ट्रम्पले पछिल्लो परिस्थितिमा इरानमाथि थप सैन्य कारबाही आवश्यक नदेखिएको उल्लेख गर्दै युद्ध चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । यद्यपि परिस्थिति परिवर्तन भएमा अमेरिकी सेना जुनसुकै बेला सैन्य कारबाहीका लागि तयार रहेको उहाँले चेतावनी दिनुभयो ।

उहाँले इजरायलसहित सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई इरानबाट उत्पन्न हुन सक्ने खतरा र चुनौतीबाट सुरक्षित राखिएको दाबीसमेत गर्नुभयो ।

यसैबीच, ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, कुवेतलगायत क्षेत्रीय मुलुकहरूले इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दीलाई निरन्तरता दिन चाहेको बताउनुभएको छ । उहाँकाअनुसार ती देशहरूले हालको अवस्थालाई यथावत् राख्दै अमेरिकी नौसैनिक नाकाबन्दी जारी राख्ने पक्षमा समर्थन जनाएका छन् ।

इरानलाई आणविक हतियार विकास गर्न नदिने विषयमा पनि सबै मुलुक एकमत रहेको ट्रम्पको दाबी छ । उहाँले इरानसँगको आणविक हतियारसम्बन्धी विषयमा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पार्नुभएको छ ।

ट्रम्पले ‘अपरेसन आइरन गेट’ मार्फत इरानका स्थलमार्गबाट हुने आपूर्ति तथा आवागमनलाई समेत नियन्त्रण गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभएको छ । यद्यपि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार कूटनीतिक प्रयासबाट अपेक्षित प्रगति हुन नसकेको र तत्कालै कुनै महत्वपूर्ण सहमति हुने सम्भावना नरहेको बताउनुभएको थियो ।

युद्ध अन्त्यका लागि सकारात्मक संकेत देखिएको ट्रम्पको दाबीका बीच अमेरिकी प्रशासनले भने इरानसँगको तनावमा कुनै परिवर्तन आए सैन्य विकल्प खुला रहेको स्पष्ट पारेको छ । उता इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र रहेको बताउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)