मङ्लबार, मंसिर २, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

महाधिवेशनपछि बिग्रिएको खुलामञ्चको स्वरूप फर्काउँदै काँग्रेस, दुबो रोपेर दियो संरक्षणको सन्देश (तस्बिरसहित)


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ३०, २०८३
  • 57
    SHARES

काठमाडौँ – नेपाली काँग्रेसको १५ औँ महाधिवेशनका क्रममा प्रयोग गरिएको खुलामञ्चको सुन्दरता फर्काउने उद्देश्यले आईतवार दुबो रोपिएको छ ।

महाधिवेशनका क्रममा खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेपछि त्यसलाई पुरानै अवस्थामा फर्काउने प्रतिवद्धताअनुसार दुबो रोपिएको नेपाली काँग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले बताउनुभएको हो । उहाँकाअनुसार सार्वजनिक स्थल प्रयोग गरेपछि त्यसको संरक्षण र सुन्दरता कायम राख्नु सबैको साझा जिम्मेवारी हो । काँग्रेसजस्तो ठूलो राजनीतिक दलले अधिवेशन आयोजना गरेपछि मैदानमा देखिएको क्षति सुधार गर्नु अन्य राजनीतिक दल, संघसंस्था र व्यक्तिका लागि पनि सन्देश बन्ने उहाँको भनाइ छ । उहाँले सार्वजनिक स्थानमा कार्यक्रम आयोजना गर्दा त्यसबाट हुनसक्ने क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्नेमा जोड दिनुभयो । कुनैपनि स्थान प्रयोग गरिसकेपछि त्यसलाई पहिलेकै अवस्थामा फर्काउने जिम्मेवारी सम्बन्धित आयोजककै हुने उहाँको भनाइ छ । खुलामञ्चको घाँसे मैदानमा क्षति पुगेको स्थानमा दुबो रोपेर त्यसको प्राकृतिक सुन्दरता पुनः कायम गर्ने प्रयास गरिएको उहाँले बताउनु भयो । रोपिएको दुबो प्राकृतिक रूपमा पनि फैलिँदै जाने उल्लेख गर्दै गौतमले केही समय त्यसको नियमित हेरचाह र संरक्षणसमेत गरिने जानकारी दिनुभयो ।

सहमहामन्त्री गौतमले भन्नुभयो, ‘हामीले १५ औँ अधिवेशनका क्रममा प्रयोग गरेको यस सार्वजनिक स्थलको सुन्दरता जोगाइराख्नु सबैको जिम्मेवारी हो । नेपाली काँग्रेसजस्तो ठूलो पार्टीको अधिवेशनपछि यस स्थानको दुबो र सुन्दरतामा केही क्षति पुगेको देखिएकाले त्यसलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यले दुबो रोपिएको हो । यसको उद्देश्य केवल दुबो रोप्नु मात्र नभई सार्वजनिक स्थल प्रयोग गरेपछि त्यसको संरक्षण गर्नु पनि हाम्रो दायित्व हो भन्ने सन्देश दिनु हो । भविष्यमा अन्य राजनीतिक दल, संघसंस्था तथा व्यक्तिहरूले पनि सार्वजनिक स्थल प्रयोग गर्दा त्यसको सुन्दरता र संरक्षणमा ध्यान दिने अपेक्षा गरेका छौँ । यो रुख रोप्ने नभई दुबो रोप्ने काम हो । दुबो प्राकृतिक रूपमा पनि फैलिँदै र मौलाउँदै जाने भएकाले रोपिसकेपछि केही समय नियमित हेरचाह र संरक्षण गर्ने हाम्रो योजना छ । सानो प्रयासले पनि सार्वजनिक सम्पत्तिको संरक्षणमा सकारात्मक योगदान पु¥याउन सक्छ भन्ने हाम्रो विश्वास हो ।’

उहाँले सार्वजनिक सम्पतीको संरक्षण गर्ने संस्कार विकास गर्नुपर्ने भन्दै राजनीतिक दल तथा अन्य संघसंस्थाले सभा, सम्मेलन र कार्यक्रम गर्दा स्थलको सरसफाई तथा संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)