मङ्लबार, मंसिर २, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एनपीएलमा आज पहिलो क्वालिफायर, साविक विजेता र उपविजेताबीच भिडन्त


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर २, २०८३
  • 41
    SHARES

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको पहिलो क्वालिफायर खेल आज हुँदैछ । फाइनल प्रवेशका लागि साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । लिग चरणमा शीर्ष दुईमा रहेका दुई टिमबीच पहिलो क्वालिफायर हुन लागेको हो ।

लुम्बिनीले ११ तथा सुदूरपश्चिमले १० अंक जोड्दै शीर्ष दुईमा रहेका हुन् । खेल साँझ ५ बजे शुरू हुनेछ । यो खेलको विजेता फाइनलमा पुग्नेछ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छ । लिग चरणको खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले सहजै हराएको थियो ।

बुधबार इलिमिनेटर खेल हुनेछ । इलिमिनेटरमा काठमाडौँ गोर्खाज र चितवन राइनोज खेल्नेछन् । लिग चरणको अंक तालिकामा ८ अंकबाट तेस्रो हुँदै काठमाडौँ तथा चौथो हुँदै चितवनले इलिमिनेटर खेल्न पाएका हुन् ।

यो खेलमा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ । विजयी हुने टिमले बिहीबार फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरको पराजित हुने टिमसँग दोस्रो क्वालिफायर खेल्न पाउने छ ।

जित्ने टिम फाइनलमा पुग्नेछ भने पराजित हुने टिम बाहिरिने छ । आठ टिम सहभागी रहेको प्रतियोगिताको तेस्रो संस्करणको उपाधि भिडन्त शनिबार हुनेछ ।

विराटनगर किंग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स बाहिरिएका छन् ।

लिग चरणको अंक तालिका

लिग चरणमा २८ खेल भए । जसमा एक टिमले सात खेल खेले । लुम्बिनी लायन्स ११ अंकसहित शीर्ष स्थानमा रह्यो । सुदूरपश्चिम रोयल्स १० अंकसहित दोस्रो स्थानमा रह्यो । काठमाडौँ गोर्खाज ८ अंकसहित तेस्रो स्थानमा रह्यो । चितवन राइनोज ७ अंकबाट चौथो स्थानमा रह्यो ।

६ अंकबाट विराटनगर किंग्स पाँचौँ स्थानमा रह्यो । समान अंकबाट रन रेटमा पछाडि पर्दै कर्णाली याक्स छैटौँ स्थानमा रह्यो । विराटनगरको रन रेट माइनस ०.४६७ रह्यो भने कर्णालीको रन रेट ०.६४० रह्यो ।

पोखरा एभेन्जर्स ४ अंकसहित सातौँ तथा जनकपुर बोल्टस् ४ अंकबाटै आठौँ स्थानमा रह्यो । पोखराको रन रेट माइनस ०.१७५ तथा जनकपुरको रन रेट माइनस ०.४२२ रह्यो ।

यस्तो छ लिग चरणका खेलको नतिजा

-२८ औँ तथा लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ । पोखराले काठमाडौँ गोर्खाजलाई ५५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

-२७ औँ खेलमा कर्णाली याक्स विजयी भएको छ । कर्णालीले चितवन राइनोजलाई २४ रनले पराजित गरेको हो ।

-२६ औँ खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । लुम्बिनीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको हो ।

-२५ औँ खेलमा चितवन राइनोज विजयी भएको छ । चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको हो ।

-२४ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरले काठमाडौँ गोर्खाजमाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको हो ।

-२३ औँ खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । लुम्बिनीले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्यो ।

-२२ औँ खेलमा विराटनगर किंग्स विजयी भएको छ । विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको हो ।

-२१ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरले जनकपुर बोल्ट्सलाई २७ रनले पराजित गरेको हो ।

-२० औँ खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई १० रनले पराजित गर्यो ।

-१९ औँ खेलमा पोखरा एभेन्जर्स विजयी भएको छ । आफ्नो पाँचौँ खेलमा पहिलो सफलता हासिल गर्ने क्रममा पोखराले सोमबार कर्णाली याक्सलाई ६३ रनको फराकिलो अन्तरले हरायो ।

-१८ औँ खेलमा काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई सजिलै पराजित गरेको छ । लुम्बिनी ३६ रनले पराजित भएको हो ।

– १७ औँ खेलमा चितवन राइनोज विजयी भएको छ । चितवनले पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ । खेलमा १५२ रनको चुनौती पछ्याएको पोखराले १९ ओभरमा अलआउट हुँदै १२१ रन बनाउन सक्यो ।

-१६ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले कर्णाली याक्सलाई सजिलै ३९ रनले हराएको हो ।

-१५ औँ खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले विराटनगर किंग्सलाई ९ विकेटले पराजित गर्यो ।

-१४ औँ खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । लगातार नौ जित हासिल गर्दै कीर्तिमान रच्ने क्रममा लुम्बिनीले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको हो ।

-१३ औँ खेलमा लुम्बिनी लायन्स विजयी भएको छ । अपराजित रहँदै शीर्ष स्थानमा पुग्ने क्रममा लुम्बिनीले पोखरा एभेन्जर्सलाई मंगलबारको खेलमा ८ विकेटले पराजित गर्यो ।

-१२ औँ खेलमा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ। विराटनगरले दिएको १७५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले ७ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो।

-११ औँ खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ । सुदूरपश्चिमले चितवन राइनोजलाई ५ विकेटले हराएको हो । १३० रनको चुनौती सुदूरले १६ ओभर ४ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो ।

– दशौँ खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । पहिलो जित हासिल गर्ने क्रममा काठमाडौँले कर्णाली गोर्खाजलाई ४ विकेटले हरायो ।

– नवौँ खेलमा जनकपुर बोल्टस विजयी भएको छ । जनकपुरले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गरेको हो । १४८ रनको चुनौती पछ्याएको पोखराले ९ विकेटको क्षतिमा १३८ रनमात्र बनाउन सक्यो ।

-आठौँ खेलमा विराटनगर किंग्स विजयी भएको छ । लगातार दुई हारपछि पहिलो जित दर्ता गर्ने क्रममा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो ।

-सातौँ खेलमा चितवन राइनोज र लुम्बिनी लाइन्सले अंक बाँडेका छन् । वर्षाका कारण खेल स्थगित हुँदा उनीहरूले अंक बाँडेका हुन् ।

-छैटौँ खेलमा कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ । १८७ रनको चुनौती कर्णालीले १९ ओभर ५ बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो । कप्तान सोमपाल कामीले ३२ बलमा अविजित रहँदै रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १८६ रन बनाएको थियो । लोकेश बमले ५२ बलमा ८७ रन जोड्दा सोमपालले ३३ रन खर्चेर ४ विकेट लिए ।

-पाँचौँ खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई सहजै ८ विकेटले पराजित गरेको छ । ११६ रनको चुनौती पछ्याएको जनकपुरले १७ ओभर २ बलमै २ विकेट गुमाएर पूरा गर्यो ।

– चौथो खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो । सुदूरपश्चिमले टस जितेर पहिले बलिङ गर्दै पोखरालाई १४५ रनमा रोक्यो । जवाफमा सुदूरले १६.५ ओभरमै ४ विकेटको क्षतिमा जित हासिल गर्यो ।

-तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्समाथि १९ रनको रोमाञ्चक जित निकाल्यो । १३३ रनको चुनौती पछ्याएको जनकपुरले ३ बल खेल्न बाँकी छँदै अलआउट भएर ११३ रनमात्र बनाउन सक्यो । युनिश ठकुरी र हुसेन तलातले समान ३ तथा नन्दन यादवले २ विकेट लिए ।

-दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि ८ रनको सनसनीपूर्ण जित हासिल गर्यो । १५८ रनको चुनौती पछ्याउने क्रममा विराटनगरले १४९ रनमात्र बनाउन सक्यो । कमल ऐरीले २६ रन खर्चेर ४ विकेट लिए ।

-पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हरायो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)