मङ्लबार, मंसिर २, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ठूला राष्ट्रसँग खेल्न नेपालले पिचमा सुधार गर्न आवश्यक छ– चितवनका सिकन्दर


  • माउन्टेन खबर
  • सोमवार, मंसिर १, २०८३
  • 50
    SHARES

चितवन राइनोजका कप्तान सिकन्दर राजाले विश्व क्रिकेटका ठूला राष्ट्रसँग अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने हो भने पिचमा धेरै सुधार आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा कर्णाली याक्ससँग पराजित भएपछि जिम्बाब्वेका कप्तान समेत रहेका सिकन्दरले त्रिवि क्रिकेट मैदानमा पिच निकै खराब रहेको औंल्याएका हुन् । त्यसैले विश्वका ठूला राष्ट्रसँग खेल्न पिचको सुधार आवश्यक रहेको सिकन्दरले उल्लेख गरे । साथै यस्तै पिचमा आफ्नो करियर अगाडि बढेको भए ८ हजार रन पनि नपुग्ने भन्दै सिकन्दरले व्यङ्ग्य पनि गरेका छन् । विश्वका हरेक क्रिकेटका पिच राम्रो हुने उनले उल्लेख गरे । तब मात्र क्रिकेटको स्तर बढ्ने उनको भनाइ छ । सिकन्दर आगामी सिजनमा त्रिवि मैदानको पिच राम्रो हुने आशा पनि व्यक्त गरेका छन् । राम्रो पिच हुँदा बलरलाई बलिङ गर्न र ब्याटरलाई पनि सहज हुने उनी बताउँछन् ।

यसले बलर र ब्याटरमा पनि आत्मविश्वास बढ्ने उनको भनाइ छ । फ्रेन्चाईज क्रिकेट लिग र देशको क्रिकेटलाई नयाँ उचाईमा लैजान राम्रो पिच बनाउनुको विकल्प नरहेको उनी बताउँछन् । ब्याटरले दुई सय रन बनाउन या बलरलाई २०० रनको लक्ष्य जोगाउन पनि पिच राम्रो बनाउन उनको आग्रह छ । एक ओभरमा ६ वटा छक्का र चौका हेर्न समर्थकहरू मैदानमा आउने पनि उनले उल्लेख गरेका छन् । उनले प्लेअफमा आफूले नखेल्ने चर्चा बारे आश्वस्त पार्न चाहेनन् । उनले आफूले कुनै खेल गुमाउन सक्ने तर कुन हो भने स्पष्ट पारेनन् । कर्णाली याक्सका युनिस सिंह ठकुरीले सिजनको शुरुवात र अन्तिम खेल राम्रा भएपनि बिचका खेलमा खराब नतिजा सामना गर्नु परेको बताए ।

यो जितअघि कर्णालीले चार खेलमा लगातार हार व्यहोरेको थियो । सन्तुलित प्रदर्शन हुन नसक्दा प्लेअफमा पुग्न असफल भएको उनी बताउँछन् । डेविड मिलर टोलीमा आएपछि राम्रो माहोल आए पनि त्यसलाई नतिजामा बदल्न नसकेको उनी बताउँछन् । एनपिएल आफू जस्ता युवाका लागि अवसर पनि रहेको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)