शनिबार, मंसिर ६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको तयारी शुरु, विभिन्न समिति गठन


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर ५, २०८३
  • 55
    SHARES

काठमाडौँ – जनकपुरधाममा यस वर्षको रामजानकी विवाहपञ्चमी महोत्सवको तयारी शुरु गरिएको छ ।

महोत्सवलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन जानकी मन्दिरले विभिन्न समिति तथा उपसमिति गठन गरी तयारी अघि बढाएको हो । जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकले मंसिर २३ गतेदेखि शुरु हुने साताव्यापी विवाहपञ्चमी महामहोत्सवको तयारीलाई तीव्रता दिने निर्णय गरेको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवकाअनुसार महोत्सव व्यवस्थापनका लागि शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि गेट, पण्डाल व्यवस्थापन, ट्राफिक व्यवस्थापन, खानेपानी तथा विद्युत् आपूर्तिलगायतका समिति तथा उपसमिति गठन गरिएको छ ।

उहाँले महोत्सवलाई भव्य र व्यवस्थित बनाउन सरकारी निकायबाट आवश्यक सहयोगको अपेक्षा गरिएको बताउनु भयो । विवाहपञ्चमीमा नेपाल तथा भारतका विभिन्न स्थानबाट ठूलो संख्यामा श्रद्धालु तथा दर्शनार्थी जनकपुरधाम आउने भएकाले उनीहरूको स्वागत, सत्कार र सुविधालाई प्राथमिकतामा राख्न बैठकका सहभागीहरूले जोड दिएका थिए ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दासको अगुवाइमा भएको सर्वपक्षीय बैठकले महोत्सवमा सहभागी हुन आउने श्रद्धालु तथा दर्शनार्थीको स्वागत र व्यवस्थापनमा कुनै कमी हुन नदिन जनकपुरधामवासीलाई आग्रह गरेको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)