बुधबार, मंसिर १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको भारत भ्रमणमा भएका समझदारीबाट पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १०, २०८३
  • 29
    SHARES

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको हिजो सम्पन्न भारतको राजकीय भ्रमणबाट नेपालमा पर्यटन विकासमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीले जनाएका छन् ।

प्रधानमन्त्रीको भ्रमण दलमा बिजनेस डेलिगेसनको सदस्यको रूपमा सम्मिलित होटल संघ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डे र नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष भरतजंग पाण्डेद्वाराजारी गरिएको संयुक्त वक्तव्यमा भैरहवा एयर रुट, अयोध्या–जनकपुर रेल सेवा लगायत पर्यटकीय महत्वका विभिन्न सर्किटहरूको सञ्जालबाट भारतीय पर्यटकहरूको नेपाल आगमन सङ्ख्या दोब्बरले वृद्धि गर्न सकिने जनाइएको छ ।

दुवै मुलुकका प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलबिच भएका छलफल, समझदारी तथा १० बुँदे अवधारणा पत्रमा दुई देशका जनता बिचको आपसी सम्बन्ध मजबुत र व्यापक बनाउन पर्यटन क्षेत्रको महत्त्व र यसबाट प्राप्त हुने आर्थिक समृद्धिको उल्लेख हुनु र दुवै देशका उद्योगी व्यवसायीहरू सम्मिलित बिजनेस डेलिगेसन सहभागी रहेको नयाँ दिल्लीमा सम्पन्न नेपाल–इन्डिया विजिनेश राउन्ड टेबलमा समेत द्विपक्षीय पर्यटन प्रवर्द्धनको विषय महत्वका साथ प्रस्तुत हुनु उल्लेखनीय रहेको जनाइएको छ ।

यस अवसरमा प्रतिनिधिमण्डलमा सहभागी पर्यटन व्यवसायीहरूले भारतीय समकक्षी तथा सरोकार व्यक्तिसँग नेपालको पर्यटन विकास गर्न महत्त्वपूर्ण छलफल तथा सम्बन्ध विस्तार गरिएको पनि जनाइएको छ । भ्रमणका अवसरमा दुई देशीबिच भएको समझदारीको १० बुँदामध्ये अयोध्या–जनकपुर रेल सञ्चालनले जनकपुर लगायत नेपालको पर्यटन विकासमा ठुलो प्रभाव पार्ने देखिन्छ । यस अवसरको पूर्ण लाभ लिन केन्द्रीय तथा प्रदेश सरकार तथा सरोकारवाला निजी क्षेत्रले योजनाबद्ध रूपमा जनकपुरमा आउने भारतीय पर्यटकहरूलाई काठमाडौँ, पोखरा, मुक्तिनाथ, चितवन, लुम्बिनी लगायतका अन्य गन्तव्यमा आकर्षित गर्ने व्यवस्था गरी अझ बढी फलदायी बनाउनुपर्ने बताइएको छ । साथै दुई देशबिच भैरहवा नाकामार्फत दुई तर्फबाट हवाई यातायात सञ्चालन गर्ने सहमति भएको सन्दर्भमा छिटोभन्दा छिटो यो सेवा सञ्चालन गर्न दुवै मुलुक अग्रसर रहन पनि अपिल गरिएको छ ।

भ्रमणमा भएका समझदारीको प्रभावकारी कार्यान्वयन हुनुपर्ने जनाउँदै हान, टान र नाट्टाका अध्यक्षहरूले समकक्षी भारतीय पक्षहरूमा नेपालसँगको व्यापार विस्तारमा नेपाली प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको भारत भ्रमणबाट सकारात्मक प्रभाव परेको र यसबाट सम्बद्ध नेपाली र भारतीय पक्षहरूले समेत नzयाँ योजना तथा नाका लगायतमा विद्यमान व्यवस्थामा आवश्यक सुधार गरी भारतीय पर्यटक दोब्बर बढाउने गरी कार्य गर्ने जनाइएको छ ।

प्रधानमन्त्रीको राजकीय भ्रमणमा पर्यटन क्षेत्रबाट होटल संघ नेपाल, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल र नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स जस्ता अग्रणी छाता सङ्गठनसमेतको सहभागिता गराइएकोमा सराहना गरेका छन्z ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)