सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा ५ जना निर्विरोध निर्वाचित


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १४, २०७९
  • 690
    SHARES

रसुवा ,१४ वैशाख

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आइतबार र सोमबार भएको मनोनयन दर्तामा ५ जना निर्विरोध चयन भएका छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ र ५, कालिकाको वडा नम्बर १ र आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ र ४ का दलित महिला सदस्य निर्विरोध भएका हुन् ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसका दिलमाया विक, वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका गममाया विक, कालिका गाउँपालिकाको वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका ज्योती सरा परियार, गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर २ मा नेपाली कांग्रेसकी लक्ष्मी परियार र वडा नम्बर ५ मा नेकपा एमालेकी कान्छी लाटी कमिनी निर्विरोध भएका हुन् ।

यस्तै गोसाइँकुण्ड गाउँपलिकाको वडा नम्बर १, ३ र ४ मा दलित महिला सदस्यमा एउटै उम्मेदवारी परेन । यस क्षेत्रमा दलित नभएका कारण तीन वटा पदमा उम्मेदवारी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

रसुवामा १ सय ४५ पदका लागि ४ सय ९८ जनाको उम्मेदवारी परेको छ । यही बैशाख ३० गते हुने स्थानीय चुनावका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट ४ सय ९८ जनाको उम्मेदवारी दर्ता भएको हो । जसमा राजनीतिक दलबाट ४ सय ६३ र स्वतन्त्रबाट ३५ पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)