रसुवा ,१५ वैशाख
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार विरुद्ध परेका सबै उजुरी रद्द भएको छ । निर्वाचन अधिकृतको कार्यालयहरूले दिएको जानकारी अनुसार छानबिन पश्चात सबै उजुरी रद्द भएको हो ।
जिल्लामा मनोनयन दर्ता गरेका ८ जना विरुद्ध उजुरी परेको थियो । जिल्लाको आमाछोदिङ्मोमा अध्यक्ष विरुद्ध २ र उपाध्यक्ष विरुद्ध १, उत्तरगयामा दलित महिला सदस्य विरुद्ध १ र गोसाइँकुण्डमा वडाध्यक्ष विरुद्ध एउटा उजुरी दर्ता भएको थियो । आमाछोदिङ्मो गाउँपालिकाका निर्वाचन अधिकृत शान्ति प्रसाद लुइटेलका अनुसार नेकपा एमालेका उम्मेदवार विरुद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारले, नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध नेकपा एमालेलेका उम्मेदवारले उजुरी दिएका थिए ।
यस्तै ३ वटा सदस्य पदका लागि पनि उजुरी दिएकोमा यसको अर्थ थिएन । ‘सदस्य पदका लागि ३ वटा उजुरी आएको थियो’, उनले भने, ‘तर अन्य व्यक्तिले गरेका कारण यसको अर्थ रहेको थिएन ।’ गोसाइँकुण्ड गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवार विरुद्ध स्वतन्त्रका उम्मेदवारले उजुरी हालेका थिए ।
नेपाली कांग्रेसबाट उम्मेदवारी बनेका विरुद्ध आफु कार्यरत संस्थाबाट राजीनामा नदिएको भन्दै उजुरी दर्ता आएको थियो । मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार उनले राजीनामा दिएको पत्र बुझाएपछि उक्त उजुरी रद्द भएको हो ।
यस्तै उत्तरगया गाउँपालिका दलित महिला सदस्यको विरुद्ध दलित भएको आधिकारिक पत्र नबुझाएको भन्दै उजुरी परेको थियो ।
