रसुवा, १८ वैशाख
आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको पाँचै पालिकामा नेपाली कांग्रेसका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।



कांग्रेसले एक महिना पहिले पनि घर घर जाँउ काँग्रेस जिताउँ अभियान अन्तर्गत चुनावी अभियान शुरु गरेको हो । अहिले पनि काँग्रेस जनताको घरदैलोमा गएर मत माग्न कृयाशिल छ।

जिल्लामा ५ वटा पालिका छन् । जसमा २७ वटा वडा रहेका छन् । यसपटकको चुनावमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन् । यस पटकको निर्वाचनमा ४६७ जना प्रतिस्पर्धामा छन् । जिल्लामा १४५ पदको लागि निर्वाचन हुनेछ । जसमा ५ जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन । अब १ सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता छन् ।


