आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुरमा मदिरा बिक्री वितरण तथा सेवनमा रोक


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २६, २०७९
  • 790
    SHARES

२६ बैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मङ्गलबारदेखि मदिरा बिक्री, वितरण तथा सेवामा रोक लगाएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गरी मङ्गलबारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा)को बिक्री वितरण तथा सेवा निषेध गरिएको जानकारी दिनुभएको छ । निर्वाचनलाई लक्षित गरी मङ्गलबारदेखि नेपाल–भारत सिमा नाका बन्द रहनेसमेत उहाँले बताउनुभयो ।

स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पदार्थ (मदिरा) को बिक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै गते मङ्गलबार राति १२ बजेदेखि शुक्रबारसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्ण बन्द रहने प्रजिअ पौडेलको भनाइ छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार यस्तो आदेश जारी गरिएको उहाँले बताउनुभयो ।

मङ्गलबार राति १२ बजेदेखि ३० गतेका दिन मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा÷शव बाहन, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कूटनीतिक नियोगको सावरी साधन र अनुमति प्राप्त सवारी साधनबाहेकका सावरी साधन सञ्चालनमा निषेध गरिएको प्रजिअ पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)