बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भद्रपुरको प्रमुखमा कांग्रेस, उपप्रमुखमा राप्रपा विजयी


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ५, २०७९
  • 551
    SHARES

५ जेठ, काठमाडौं । झापाको भद्रपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस तथा उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । प्रमुखमा गणेश पोखरेल र उपप्रमुखमा राधा कार्की निर्वाचित हुनुभएको हो ।

पोखरेलले नेकपा (एमाले)का असारु राजवंशीलाई पराजित गर्नुभयो । उहाँले १२ हजार ५२५ मत प्राप्त गर्नुभयो । राजवंशीले नौ हजार ७५९ मत ल्याउनुभयो । राप्रपाका नवराज पनेरुले ६ हजार ३१० मत प्राप्त गर्नुभएको छ ।

नगर उपप्रमुखमा कार्कीले नौ हजार २३० मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शिवकुमार राजभण्डारीले आठ हजार ५३३ मत पाउनुभयो । भद्रपुरमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन भएको थियो ।

जिल्लाका १५ पालिकामध्ये हालसम्म दुई नगरपालिका र तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ भने १० वटामा मत गणना जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)