बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रियुगा–१२ को स्थगित मतदान प्रक्रिया अझै अन्योलमा


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ ६, २०७९
  • 591
    SHARES

६ जेठ, काठमाडौं । वैशाख ३० गते ४ बजे प्राविधिक र अन्य कारण देखाउँदै तत्कालका लागि स्थगित गरिएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी स्कुल मतदान केन्द्रको मतदान प्रक्रिया कहिले हुने भन्ने विषयमा अझै अन्योल छ ।

दिनको १२ बजेदेखि मतदान गर्न लाइनमा बसेका मतदाताले समेत सो दिन समयमा मतदान गर्न गएर पनि मतदान गर्न नपाएका कारण यस क्षेत्रका मतदाताको मतदान गर्ने अधिकार नै हनन हुन पुगेको त्रियुगा–१२ का मतदाता बताउँछन् ।

मतदान गर्न लाइनमा बसिरहेका मतदातालाई बेलुकी ४ बजे सो मतदान केन्द्रका मतदान अधिकृतले वर्षा र विभिन्न प्राविधिक कारण देखाउँदै मतदान स्थगित गरिएको तथा पुनः उपयुक्त समयमा मतदान हुने भन्दै फर्काएको तर अहिलेसम्म मतदान गर्न नपाएपछि यस क्षेत्रका मतदाताले आफूहरुको मतदान गर्ने अधिकार हनन् भएकामा गुनासो गर्न थालेका छन् ।

तीन हजार २६७ मतदाता रहेको त्रियुगा–१२ मा सो दिन दिनको २ बजेसम्ममा एक हजार ६०० मात्र मतदान भएको थियो । मतदान अधिकृतको लापरवाही तथा कर्मचारीको लापरबाहीका कारण मतदान गर्ने÷गराउने कार्य ढिलाइ हुँदा आफूहरुले मतदान गर्नबाट समेत बञ्चित हुन परेको मतदाताको गुनासो छ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष राममणि पोखरेल र नेकपा (माओवादी केन्द्र)का जिल्ला सचिव किरण राईले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै छिटो पुनः मतदान गर्न र मतदाताको मतदान गर्ने अधिकारको सुरक्षा हुनपर्ने माग गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)