बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ३०, २०७९
  • 507
    SHARES

३० जेठ, काठमाडौं । बागमती प्रदेशसभाको भोलि बस्ने दशौँ अधिवेशन बैठकपूर्व आज कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।

प्रदेशसभा सचिवालयका अनुसार दिउँसो २ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार जेठ २० गतेको प्रदेशसभा बैठकले विभिन्न समितिमा दफावार छलफलका लागि पठाएको विभिन्न विधेयकमाथि समितिमा छलफल भइसकेकाले सोको प्रतिवेदन संसद्मा पेश गर्न आज बस्ने कार्य व्यवस्था परामर्श समितिले अनुमति प्रदान गर्नेछ ।

त्यस्तै आजको बैठकले भोलि दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि प्रस्तुत गर्न लागेको बजेटको सैद्धान्तिक पक्षमाथि छलफल हुने जनाइएको छ ।

सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले असार १ गते अपराह्न ४ बजे आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरिनेसमेत जानकारी दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)