आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हावाबाट कोरोनाभाइरस सर्ने प्रमाण भेटियो : डब्ल्यूएचओ


  • माउन्टेन खबर
  • बुधबार, असार २४, २०७७
  • 493
    SHARES

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हावाबाट कोरोना भाइरस फैलने प्रमाणलाई स्विकारेको छ । डब्ल्यूएचओले अन्त्यमा मंगलबार कोरोनाभाइरसको संक्रमण फैलने प्रमाणलाई स्विकारेको हो ।

यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो ।

डब्ल्यूएचओले कोभिड–१९ महामारीसँग सम्बन्धित टेक्निल लीड डाक्टर मारिया वा केरखोवले एक पत्रकार सम्मेलनमा भने, ‘हामी हावामार्फत् कोरोना भाइरस फैलने आशंकामाथि छलफल गरिरहेका छौँ ।’

यसबारे विश्व स्वास्थ्य संगठनकी बेनेदेत्ता आल्लेग्रांजीले कोरोनाभाइरस हावाबाट पनि फैलने प्रमाण त भेटिएको छ तर अहिले नै यो किटान गरेर भन्न सकिएको छैन ।

उनले भने, ‘सार्वजनिक स्थानमा, विशेषगरी भीडभाडयुक्त, कम हावा भएको र बन्द कोठामा हावामार्फत् भाइरस फैलने आशंकालाई अस्विकार गर्न सकिँदैन । यद्यपि, यी प्रमाण संकलन गर्न र बुझ्न आवश्यक छ । हामी यो काम जारी राख्नेछौं । ’

यसअघि विश्व स्वास्थ्य संगठनले सार्स–कोभिड–२ (कोरोना) भाइरस मुख्य रुपमा संक्रमित व्यक्तिको नाक र मुखबाट निस्कने सुक्ष्म छ्टिटाको माध्यमले फैलने गर्ने बताउँदै आएको थियो ।

डब्ल्यूएचओले मानिसहरुले कम्तीमा ३.३ फुटको दुरी हुँदा कोरोनाभाइरस संक्रमणको रोकथाम सम्भव भएको बताउँदै आएको थियो तर अब यदि हावामार्फत् भाइरस फैलने कुरा प्रमाणित भएको खण्डमा ३.३ फुटको दुरी र सामाजिक दुरीको नियममा परिवर्तन गर्न आवश्यक छ ।

वान केरखोवले भोलिका दिनमा डब्ल्यूअचओले यसबारे आफ्नो जानकारी जारी राख्ने बताएका छन् ।

उनले भने, ‘भाइरसको संक्रमण रोक्नका लागि ठूलो स्तरमा रोकथामको आवश्यकता छ । यसमा सामाजिक दुरी मात्रै नभई मास्कको प्रयोग र अन्य नियम पनि समावेश छन् ।’

क्लिनिकल इन्फेक्सियस डिजिज जर्नलमा सोमबार प्रकाशित भएको खुल्ला पत्रमा ३२ देशका २३९ वैज्ञानिकले यो हावामा पनि रहन सक्ने ‘फ्लोटिङ भाइरस’ हो भनेर प्रमाण दिएका थिए । फ्लोटिङ भाइरसले सास फेर्दा पनि संक्रमण गर्न सक्छ ।

स्रोतः बीबीसी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)