शुक्रबार, बैशाख २१, २०८१

कोरोनासँग लड्न रसुवामा स्वास्थ्य सामाग्रीको लगत संकलन गरिने


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २१, २०७६
  • 419
    SHARES

बिश्वव्यापी संक्रमणको रुपमा रहेको कोरोना भाइरसँग लड्न रसुवामा स्वास्थ्य सामाग्रीको लगत संकलन गरिने भएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय रसुवामा बसेको कोभिड १९ जिल्ला कमाण्ड पोष्टको बैठकले कोरोना भाइरसँग लड्न जिल्लामा स्वास्थ्य सामाग्रीको लगत संकलन गर्ने निर्णय गरेको हो ।

जिल्ला भरिका स्वास्थ्य संस्था (स्वास्थ्य कार्यालय, अस्पताल, स्वास्थ्य चौकी, सा.स्वा.इ, हेल्थ डेस्क, क्वारेन्टाईन स्थल, आईसोलेसन स्थल, गाउँपालिका स्वास्थ्य शाखा) मा मौज्दात रहेका कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी स्वास्थ्य सामग्रीको लगत संकलन गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

संकलन पश्चात आवश्यकता पहिचानको आधारमा सबै स्वास्थ्य संस्था, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, हेल्थ डेस्कमा कम्तीमा एक थान पिपिइ, गाउन एक थान, नन् कन्ट्याक थर्मोमिटर एक थान, एन ९५ मास्क पँच थान, सर्जिकल मास्क ५० थान, ह्याण्ड स्यानेटाइजर उपलब्ध गराइने भएको छ ।

अपुग हुने स्वास्थ्य संस्थामा मेडिकल सामाग्री आपूर्ति गराउन जिल्लाका सबै गाउँपालिकालाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }