भदौ १२, रसुवा । रसुवामा नेपाली काँग्रेसको केन्द्रिय परिपत्र अनुसार जनताको साथमा काँग्रेस अभियानको शुभारम्भ सङ्गै पार्टी प्रवेश गर्नेको लहर बढ्न थालेको छ।
आइतबार एक कार्यक्रमको बिच नेकपा माओवादी केन्द्रको जिल्ला सदस्य कामी लोप्चनको नेतृत्वमा स्थानीय तहको निर्वाचन-२०७९ मा वडाध्यक्षको प्रत्यासी उम्मेदवार दावा शेर्पा लोप्चन सहितको नेता कार्यकर्ताहरुको समुह पार्टीमा प्रवेश गरेको हो।
कार्यक्रममा जनता समाजवादी पार्टी बाट वडा सदस्यको प्रत्यसी उम्मेदवार दावा घले र योडुप थोक्रा सहितको दर्जनौं नेता तथा कार्यकर्ताहरु पनि प्रवेश गरेका छन।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा संघीय सांसद ई.मोहन आचार्य,बागमती प्रदेश कार्य सम्पादन समितिको सदस्य लामा कार्पु तामाङ र बागमती प्रदेश कार्यसम्पादन समितिका सदस्य एवम बागमती प्रदेश सभा सदस्य प्रभात तामाङले खादा,अबिर र सदस्यता प्रदान गरि पार्टीमा प्रवेश गराउनु भएको हो ।
