शुक्रबार, बैशाख २१, २०८१

प्रथम विश्व कीर्तिमानी नेपाली महिला प्रतिष्ठा अमात्य (विष्ट)समाजसेवी रत्नबाट विभूषित


  • माउन्टेन खबर
  • बुधबार, अशोज ५, २०७९
  • 564
    SHARES

काठमाडौं , ५ असोज

प्रथम विश्व कीर्तिमानी नेपाली महिला एवम् पर्यटन व्यवसायी प्रतिष्ठा अमात्य (विष्ट)लाई सरकारले समाजसेवी रत्न मानपदवीले विभूषित गरेको छ ।

अदभूत स्मरण क्षमता प्रदर्शन गर्दै सन् २००४ मार्च २५ मा गिनिज विश्व किताबमा आफ्नो नाम लेखाउन सफल नेपाली महिला प्रतिष्ठा अमात्य (विष्ट) असोज ३ गते अर्थात् आठौँ संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सो पदवीले विभूषित हुनुभएको हो।

चितवनमा जन्मिएकी प्रतिष्ठाले रामपुर कृषि क्याम्पसबाट स्नातक सम्मको शिक्षा हासिल गर्नुभएको छ ।

हाल उहाँ पति संघर्ष विष्टका साथमा ठमेल, लाजिम्पाट, दरबारमार्ग लगायतका स्थानमा होटल ब्यवसायमा संलग्न हुनुहुन्छ।

सन् २०१८मा उहाँले बुध्द नेपालमा जन्मिएका हुन् भन्ने तथ्यलाई विश्व सामु पुर्याउन अभियाननै संञ्चालन गर्नु भएको थियो।

मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका ९९८ जनालाई उनीहरुको योगदानको कदरस्वरुप विभिन्न तहका मानपदवी, अलंकार र पदक प्रदान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }