शुक्रबार, बैशाख २१, २०८१

शाहरुख अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै कमायो २५० करोड


  • माउन्टेन खबर
  • आइतवार, अशोज ९, २०७९
  • 210
    SHARES

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ले रिलिज अघि नै २ सय ५० करोड भारतीय रुपैयाँ कमाएको छ ।

पछिल्लो समय शाहरुख फिल्मलाई लिएर निकै चर्चामा छन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मको ओटीटी र स्याटेलाइट २ सय ५० करोड भारतीय रुपैयाँमा बेचेको बताइएको छ । जसले फिल्मले रिलिज अगावै राम्रो कमाई गरेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार जसमा जीटिभीले फिल्मको स्याटेलाइट राइट्स र नेटफ्लिक्सले डिजिटल राइट्स किनेको बताइएको छ । फिल्ममा शाहरुख र दक्षिण भारतीय अभिनेत्री नयनतारा मुख्य भूमिकामा रहेका छन् ।

निर्देशक एटली कुमारले निर्देशन गरेको यस फिल्ममा गौरी खान निर्माता रहेकी छन् । फिल्ममा शाहरुख दोहोरो भूमिकामा रहेका छन् भने नयनतारा प्रहरी अधिकृतको भूमिकामा देखिने छिन् । फिल्ममा शाहरुख र नयनताराका अलाव सान्या मल्होत्रा र सुनिल ग्रोवर पनि रहेको छ ।

उक्त फिल्म २ जून २०२३ मा पान इन्डिया रिलिज हुने छ । फिल्म हिन्दीका साथै तेलुगु, मलयालम, तमिल र कन्नड भाषामा रिलिज हुने समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }