काठमाडौं, १० असोज
आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।
सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ मा १६ देशबाट २३ वटा नाटक महोत्सवमा मञ्चन हुनेछन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन मण्डला थिएटरको ठूलो हल र केही नाट बाहिरी परिसरमा पनि मञ्चन हुनेछन् । दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवमा २०० कलाकारको सहभागिता रहने र त्यसमध्ये १३० जना राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी काठमाडौं बाहिरका कलाकार रहनेछन् । पत्रकार सम्मेलनमा बोल्दै नायक दयाहाङ राईले नेपालमा नाटक महोत्सव गर्न जरुरी रहेका कारण यो महोत्सव शुरु गरेको बताउनु भयो । उहाँले अबको जिम्मेवारी आफूहरुको नै रहेकोले नाटकको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताउनु भयो । उहाँले आफू सामाजिक रुपमा तयार रहेको पनि आर्थिक रुपमा कठिनाइ रहेको बताउनु भयो । त्यस्तै निर्देशक एवं वरिष्ठ रङ्गकर्मी अनुप बरालले आफूलाई रङ्गकर्मको नोकर भएर बाँच्न मन लाग्ने बताउनु भयो । उहाँले महोत्सवलाई सम्पूर्ण रङ्गकर्मीहरुको साझा महोत्सवको रुपमा लिनुपर्ने बताउनु भयो ।
यस वर्ष सामाजिक रुपान्तरणको लागि रंगमञ्च, विविधताको उत्सव भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव मनाउने आयोजकले बताएको छ ।