बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा प्रतिनिधिसभामा कांग्रेसबाट केन्द्रिय सदस्य आचार्य


  • माउन्टेन खबर
  • आइतवार, अशोज २३, २०७९
  • 550
    SHARES

रसुवा-आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले  उम्मेदवार टुङ्गो लगाएको छ । शनिबार राति मात्रै कांग्रेसले उम्मेदवार टुङ्गो लगाएको हो ।

कांग्रेसले रसुवामा कांग्रेस केन्द्रिय सदस्य एंव निर्वतमान सांसद ईन्जिनियर मोहन आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रदेश सभामा भने क्षेत्र क मा नेपाली कांग्रेसका नेता एंव निर्वतमान प्रदेश सांसद प्रभात लामाले टिकट पाएका छन्। भने प्रदेश सभा क्षेत्र ख का लागि गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका इन्द्र गौतम (जगतजङ) ले उम्मेदवारी दिने भएका छन् ।

जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचनका गतिविधिहरु सुरु भइसकेका छन् । मुख्य दलले मनोनयन दर्ताका लागि तोकिएको समयावधिभित्रै मनोनयन दर्ता गराउने तयारी गरेको जनाएका छन् ।

हिमाली जिल्ला रसुवामा ३९ हजार ४ सय ५९ कूल मतदाता रहेका छन्। जसमा १९ हजार ३ सय ४० महिला मतदाता छन् भने २० हजार  १सय १८ पुरुष मतदाता रहेका छन्।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)