बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको समग्र विकासकालागि सत्तारुण गठबन्धनलाई भोट: काँग्रेस केन्द्रिय सदस्य आचार्य


  • माउन्टेन खबर
  • सोमवार, अशोज २४, २०७९
  • 554
    SHARES

रसुवा-  नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं रसुवाबाट संधिय सांसदका प्रत्यासी ईन्जिनियर मोहन आचार्यले रसुवाली जनताको जिवनस्तरमा सुधार ल्याउनु आफ्नो मूल उध्देश्य रहेको बताउनु भएको छ।

उम्मेदवारी मनोनयन पछि आयोजित कोणसभालाई सम्वोधन गर्दै  काँग्रेस केन्द्रिय सदस्य आचार्यले विगतमा समुन्नत रसुवा निर्माणका लागी आफुले अगाडी सारेका विभिन्न योजनाहरु एमालेको सरकारको असहयोगका कारण पूरा हुन नसकेको बताउनु भयो।

रसुवा जिल्लाकै महत्वपूर्ण योजनका रुपमा रहेको नौकुण्ड खानेपानी आयोजनाको काम नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकार आएपछि अहिले वातावरण प्रभाब मूल्याङ्कन (EIA) को चरणमा पुगेको उहाँले बताउनु भयो।

सो आयोजनाको कार्यान्वयनबाट रसुवाको खानेपानी समस्या हलहुने उहाँले बताउनु भयो।

अहिले केन्द्र देखि प्रदेश सम्म सबै तिर सत्तारुण गठबन्धनकै पक्षमा माहोल रहेकाले समुन्नत रसुवा निर्माणका लागी काँग्रेस -माओबादी गठबन्धलाई अत्याधिक मत दिएर विजय गराउन उहाँले सबै मतदातालाई आग्रह गर्नु भयो।

नेपाली कांग्रेसका नेता एंव रसुवा(क) का प्रदेश सांसदका प्रत्यासी प्रभात लामाले रसुवाको समग्र विकास गर्न सक्ने काँग्रेसले मात्रैहो भन्नु भयो।

विगतमा एमालेको प्रदेश सरकार हुदाँ रसुवाले के पायो भन्ने प्रश्न गर्दै उहाले अहिले काग्रेस र नेकपा समाजवादीको सरकार हुदा रसुवाले प्रदेश मार्फत धेरै बजेट पाएको बताउनु भयो।

 

गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका केन्दिय सदस्य एंव रसुवा(ख ) का प्रदेश सांसदका प्रत्यासी इन्द्र गौतम (जगतजङ) ले काँग्रेस माओबादी गठबन्धले मात्र संबृध्द रसुवा निर्माणको आकाक्षालाई मूर्तरुप दिन सक्ने भएकाले काँग्रेस- माओबादी गठबन्धका पक्षमा मतदान गर्न आग्रह गर्नु भयो।

नेपाली काँग्रेस रसुवा जिल्ला सभापति पेम्बाछिरिङ तामाङको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली काँग्रेसका नेता जनक जिवन उपाध्यायले नेपालको वर्तमान संविधानको रक्षाकालागि रसुवामा काँग्रेस -माओबादी गठबन्ध भएको बताउनु भयो

नेपालको वर्तमान संविधानको भावना पनि सबैको सहमति र सहकार्यबाट सरकार सञ्चालन गर्ने रहेको भन्दै संविधानको यही भावनाअनुसार नै वर्तमान सरकार निर्माण भएको र भोलिका दिनमा पनि मिलेर नै सरकार सञ्चालन गर्नुपर्ने अवस्था हुनसक्ने भएकाले गठबन्धन दलमा आबद्ध सबै दलका कार्यकर्ताहरूलाई गठबन्धनका उम्मेदवारलाई मत दिन उहाँले आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)