बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस जे बोल्छ त्यो गर्छ : केन्द्रीय सदस्य मोहन आचार्य


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १४, २०७९
  • 477
    SHARES

 

काठमाडौ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य ईन्जिनीयर मोहन आचार्यले नेपाली कांग्रेसले ज्येष्ठ नागरिक भत्ता ६५ वर्षमै दिने घोषणा गरेको बताउनु भयो।

आगामी मंसीर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनमा प्रतिनिधीसभा सदस्यका रुपमा रसुवाबाट गठबन्धनका उम्मेदवार बन्नुभएका ईन्जिनीयर आचार्यले कांग्रेसले ६५ वर्षमाथिका सबै ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य बीमा गर्ने घोषणा गरेको बताउनु भयो । धोषणा पत्र मार्फत कांग्रेसले ७३ वर्ष पुगेकाहरुको उपचार निशुल्क गर्ने घोषणा गरेको पनि उहाँले बताउनु भयो।

रसुवा गढी समाजव्दारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेसले अर्थतन्त्रमा अहिले देखिएका चुनौती समाधान गर्ने र दिगो रुपमा देशलाई समुन्नत बनाउने कार्ययोजना सार्वजनिक गरेको बताउनु भयो।

घोषणापत्रमा ५० युनिटसम्म खपत गर्नेलाई बिजुली निःशुल्क दिनेदेखि नागरिकका महत्वपूर्ण दस्तावेज ‘होम डेलिभरी’ गर्नेसम्मका योजना समेत समावेश गरिएको उहाँले बताउनुभयो ।

कांग्रेस जे बोल्छ त्यो गर्छ भन्दै उहाँले घोषणापत्र मार्फत कांग्रेसले गरेका सबै प्रतिबघ्दताहरुलाई पूरा गर्ने प्रतिबघ्दता व्यक्त गर्नु भयो।आगामी पाँच वर्षमा खाद्यान्न उत्पादकत्वमा वृद्धि गरी तरकारी, फलफूल, माछा, मासु, दूध, मसला एवं औद्योगिक बालीमा आत्मनिर्भर हुने लक्ष्यसहित पार्टीको चुनावी सङ्कल्पपत्र सार्वजनिक भएको उहाँले बताउनु भयो।आगामी दिनमा पूर्वाधार बन्डमार्फत सडक, ऊर्जा र विमानस्थलजस्ता परियोजनाका लागि पुँजी जुटाइने पनि उहाँले बताउनु भयो।

रसुवाको संबृघ्दिनै आफ्नो प्रमुख प्राथमिक्तामा रहेको बताउदै उहाँले संविधानको रक्षा र देशको विकासका लागि पाँचदलीय गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

समुन्नत रसुवा, समृद्ध रसुवाली निर्माणको महाअभियान सफल बनाउनकालागि पनि गठबन्धनको उमेदवारलाई विजयी गराउन आवश्यक रहेको उहाँले बताउनु भयो।

कृषि, जलविद्युत, पर्यटन, व्यापार व्यवस्थापनको समन्वयात्मक विकास नै समृद्ध रसुवा निर्माणको आधार भएको उहाँले उल्लेख गर्नुभयो ।

अहिले नौकुण्ड वृहत खानेपानी योजना निर्माणको प्रक्रिया अघि बढेको उल्लेख गर्दै उहाँले यसका लागि बजेटको सुनिश्चितता गरी अहिले ईआईएको प्रक्रिया अघि बढेको बताउनु भयो ।

त्यसैगरी स्याउबारी हुँदै गोसाइकुण्डसम्म पुग्ने रणनितिक सडक निर्माण शुरु भएको र कालिकास्थान–जिवजिवे सडक अन्तर्गत धोवीखोला पुल, भोर्ले–दनुवास्वार–फलाखु खोलामा पक्कि पुल निर्माणको काम अघि बढेको उहाँले बताउनु भयो ।

बाहुनडाँडा–स्यो–ग्रे हुँदै डाँडागाउँ–ठुलोगाउँसम्मको ३० किलोमिटर सडक निर्माणका लागि बजेट व्यवस्थापन गरिएको उल्लेख गर्दै उहाँले  भोर्ले जाने पुल, चिलिमे जाने रोङ्गाको पुलका लागि सम्भाव्यता अध्ययनका लागि बजेट बिनियोजन भएको बताउनु भयो। त्यसैगरी सोमदाङ हुँदै टिमुरेसम्मको वैकल्पिक राजमार्गका लागिसमेत पहल भै रहेको उहााले बताउनु भयो ।

भौगोलिक रुपमा पिछडिएको बस्ती तिरुगाउँ सडक सञ्जालमा जोड्न सफल भएको र तिरुमा एकिकृत बस्ति निर्माण गरिएको बताउनु भयो।

उहाँले निर्वाचनपछि बन्ने काँग्रेसको सरकारले धोषणापत्र मार्फत गरिएका सबै प्रतिबध्दताहरुलाई क्रमश पूरा गर्दै लैजाने बताउनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)